नेपालको विकासमा क्यानडा सहयोग गर्न तयार, दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर



हाम्रो इकोनोमि

 

नेपाल र क्यानडाबीच समाजदारी पत्रमा हस्ताक्षर भएको छ । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भागलिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोबीच भेटवार्ता पछि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

 

भेटवार्ताको क्रममा दुवै प्रधानमन्त्रीबीच उच्चस्तरीय भ्रमण आदान प्रदानगर्ने विषयमा समेत सहमति भएको छ ।

नेपालको विकासमा क्यानडाले महत्वपूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी गराएका छन ।

 

लोकतन्त्र, सुशासन, आर्थिक वृद्धि, समानताका मुद्दामा आपसी साझेदारी गर्ने बिषयमा द्वीपक्षीय सम्झौता भएको छ । सम्झैतामा नेपालका तर्फबाट प्रधानमन्त्री ओली र क्यानडाका तर्फबाट प्रधानमन्त्री ट्रुडोले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...