नेपालको विकासमा क्यानडा सहयोग गर्न तयार, दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर



हाम्रो इकोनोमि

 

नेपाल र क्यानडाबीच समाजदारी पत्रमा हस्ताक्षर भएको छ । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भागलिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोबीच भेटवार्ता पछि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

 

भेटवार्ताको क्रममा दुवै प्रधानमन्त्रीबीच उच्चस्तरीय भ्रमण आदान प्रदानगर्ने विषयमा समेत सहमति भएको छ ।

नेपालको विकासमा क्यानडाले महत्वपूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी गराएका छन ।

 

लोकतन्त्र, सुशासन, आर्थिक वृद्धि, समानताका मुद्दामा आपसी साझेदारी गर्ने बिषयमा द्वीपक्षीय सम्झौता भएको छ । सम्झैतामा नेपालका तर्फबाट प्रधानमन्त्री ओली र क्यानडाका तर्फबाट प्रधानमन्त्री ट्रुडोले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...