भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल, आउने यस्तो छ कारण



हाम्रो इकोनोमि

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । नेपाल आउन सबैभन्दा सजिलो मान्ने मोदी मंसिरको दोस्रो साता नेपाल आउन लागेका हुन् ।

 

भारतीय सञ्चारमाध्यमहरुले मोदी मंसिर १२ र १३ गते नेपाल भ्रमणमा आउन लागेको दावी गरेका छन् ।

 

मोदी भारतको प्रधानमन्त्री भएपछि चार पटक नेपाल आइसकेका छन् । मोदीको पाँचौं भ्रमण चुनाव केन्द्रीत हुने बुझिएको छ । यसपटक भने उनले पटक पटक सफल हुन नसकेको बुद्ध जन्मस्थल लुम्बिनीको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

 

मोदीलाई लुम्बिनी घुमाउने योजना प्रधानमन्त्री केपी शर्मा ओलीकै हो । ओलीले पछिल्ला दुवै भ्रमणका क्रममा मोदीलाई लुम्बिनी घुम्ने निम्तो दिएका थिए ।

 

 ‘छिमेक नीति’ लाई पहिलो प्राथमिकता दिएका मोदीले भारतको आम निर्वाचन अघि नै नेपाल भ्रमण गरेर वातावरण सौहार्द बनाउनु पर्ने सल्लाह पाएपछि निकै छिटो नेपाल आउन थालेका हुन् ।

 

गत बैशाखमा नेपाल आएका बेलामा मोदीले धार्मिक पर्यटनको मिसनलाई निकै प्राथमिकताका साथ उठाएका थिए । यसकै परिणामले अहिले जनकपुर–विहार गाडी चल्ने गरेको छ । जनकपुरबाट सुरु भएको रामायण सर्किट भारतको अयोध्यासँग जोडिन्छ।

 

मोदी हिन्दू सेन्टिमेन्ट बटुल्नसमेत सफल छन् । अहिलेको नेपाल यात्राले धार्मिक सहिष्णु बढाउन थप मद्दत पुग्नेछ ।

 

जसरी नेपालका नेताहरु चुनावअघि भारत गएर माहोल बनाउने गर्छन् मोदी र भारतीय नेताहरु पनि नेपाल आएर माहोल बनाउने विष्लेषण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...