पप्पु कन्स्ट्रक्सनका प्रमुखलाई पक्राउ गर्न अदालतको आदेश



हाम्रो इकोनोमि

 

जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।

 

भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो ।

 

तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको छ ।

 

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । निर्माधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।

 

निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर भएको थियो ।

 

२०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत पनि काम भएको छैन । पाँच वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेको छैन ।

 

२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । २२५ मिटर लामो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...