रविनाका रगताम्य रातहरू, कसरी सहन्थिन् यौनपीडा ?



हाम्रो इकोनोमि

 

सानै उमेरमा बलात्कारमा परेर ठूलो पीडा सहँदै आएकी रविना वादीलाई पति श्याम ओलीको कठोर अन्यायमा परेको खुलासा भएको छ ।

 

बर्दिया जिल्ला स्थायी घर भएका ओलीले रविनालाई विभिन्न लाञ्छनाहरू लगाउने गरेका छन् । ओली आफू कुनै चरित्रको हुन् भन्ने कुरा भने भुलल्ने गरेका छन् । सुत्केरी पत्नीलाई खान नदिएर दुःख दिनुका साथै पशुपति नाथको मन्दिर नजिकै लगेर छाडेका ओलीले आफू निर्दोष छु भन्ने गरेका छन् । ओलीका कालाकुर्तुतहरू रविनाले बाहिर ल्याइदिएकी छिन् ।

 

युवती भनेपछि हुरूक्कै हुने ओलीले अरु थुप्रै युवतीहरूलाई पनि दुःख दिएको प्रमाण आफूसँग रहेको रविनाले दाबी गरेकी छिन् । रविनाले आफ्नो छोरालाई दश लाखमा भारतीय नागरिकसँग बेच्न खोजेको आरोप ओलीलाई लगाएकी छिन् ।

 

आफूलाई बारम्बार पिट्नुका साथै हिंसा गर्ने गरेको रविनाले बताएकी छिन् । भारतमा समेत लगेर ओलीले दुःख दिनुका साथै ओठमुख सुन्निने गरेर पति ओलीले कुटपिट गरेको पनि स्मरण गरेकी छिन् ।

 

रविनाले अधिकार माग गरेर कानूनी लडाइँका लागि अगाडि बढेपछि ओलीले दिएको सबै दुःख र पीडाहरू बाहिर आएका हुन् ।

 

रविनाको विगतको जीवन थाहा हुँदाहुँदै विवाह गरेका ओलीले छोरो जन्मिएपछि जिम्मेवारीबाट पन्छिन भाग्ने गरेको आरोप छ । ओलीले आफूलाई अनिच्छा हुँदा पनि यौनसम्पर्क गर्ने गरेको आरोप लगाएकी छिन् ।

 

ओलीलाई सामाज, प्रहरी र अधिकारकर्मीहरूको दवावमा विवाह दर्ता गराउनुका साथै छोराको जन्मदर्ता गर्न बाध्य बनाइएको थियो । रविना अहिले पति श्यामसँग अलग भएर बसेकी छिन् । उनले छोराका लागि आफूले संघर्ष गर्ने बताएकी छिन् ।

 

छोरो र आफ्ना लागि राजधानीमा संघर्ष गर्दै गरेकी रविनाले उच्च शिक्षा लिएक छिन् । कालिकोट जिल्लास्थित घरमै १०–१२ वर्षको उमेरमा आफन्त पर्नेको बलात्कारमा परेकी रविनाको बाल्यकाल अत्यन्तै कहालि लाग्दो छ

 

। रविनालाई स्टाप नर्स बनाउने बुबाको इच्छा थियो । तर, बलात्कृत भएपछि ती सबै योजनाहरू भताभुङ्ग भएका थिए ।

 

सामान्य परिवारकी रविनालाई त्यही बेला बाबुकै उमेरको व्यक्तिसँग विवाह गरेर नेपालगञ्ज पठाइएको थियो । बाबु भन्ने जस्ता ती पतिबाट रविनाले ठूलो अन्याय सहनु परेको थियो । सानै उमेरमा विवाह गरेकी रविनालाई पहिलो पतिको घरमा खान समेत दिइँदैन थियो ।

 

उमेर नपुग्दै रविनाले पहिलो पतिबाट छोरो जन्माएकी थिइन् । पहिलो पति पनि महिला भनेपछि हुरुक्कै हुने व्यक्ति थिए । पहिलो पतिबाट जन्मिएको छोरालाई आफूबाट खोसेर घरपरिवारलाई निकाला गरेको उनले पीडा सुनाइन् ।

 

यतिसम्मकी आफ्नो इच्छा नहुँदा पनि दशदेखि १५ पटकसम्म बलात्कृत हुनु परेको रविनाले बताइन् । ‘म सानै थिएँ । विवाह गरेर पठाए । नचाहँदा नचाहँदै दशदेखि १५ पटकसम्म यौनसम्र्कका लागि तयार हुनु पर्दथ्यो’, युट्युव च्यानलहरूमा रविनाले दिएका अन्तर्वार्तामा भनेकी छिन्, ‘म रगताम्य हुने गरेकी थिएँ । मेरो पीडा कसैले बुझेन ।’ उच्च शिक्षा हासिल गरेकी रविना छोरा बिरामी हुँदा उपचार गर्न पैसा नभएर कठिनभन्दा किठन दुःख पाएको सुनाइन् ।

 

राम्रो स्वर रहेकी रविनाले दुईवटा गीत पनि गाएकी छिन् । उनका गीतहरू युट्युवमा राम्रो भ्यू भएका छन् । रविनाले आफूलाई सहानुभूति भन्दा पनि न्याय चाहिएको बताउने गरेकी छिन् । काम गर्न लाज नमान्ने रविनाले सानोभन्दा सानो काम गर्ने गर्छिन् । ‘चोर्न, ठग्न लाज हुन्छ’, उनले भनिन्, ‘काम गरेर खान कुनै लाज हुँदैन ।’रिपब्लिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...