नेपालका सांसद भारतीय क्याम्पसको अध्यक्षमा निर्वाचित



हाम्रो इकोनोमि

 

नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका छन् । ।

 

कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्लाअन्तर्गत ठुठीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

 

यसअघि इन्टर कलेजका व्यवस्थापन समिति अध्यक्षमा सांसद कँडेलकै हजुरआमा स्व राधाकुमारी कँडेल र बुबा स्व पृथ्वीराज कँडेल रहेका थिए ।

 

पछिल्लो पटक करीब १० वर्ष रिक्त रहेको अध्यक्षमा सांसद कँडेल निर्वाचित भएका हुन् । ठुठीबारीग्राम पञ्चायतका प्रधान राजेश सिंहलाई निर्वाचनमा पछि पार्दै कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष भएका हुन् ।

 

महाराजगञ्ज जिल्लाको मुख्य बजार महाराजगञ्जमा बुधबार भएको निर्वाचनबाट कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष भएका हुन् ।

 

सन् १९५२ सालमा विद्यालय स्थापना भएको सो कलेज नेपाल भारत सीमा क्षेत्रमा निकै प्रख्यात मानिन्छ । नवनिर्वाचित प्रबन्धक कँडेलले कलेजको शैक्षिक गुणस्तर सुधार गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

जम्मा १० मत रहेको यस कलेजको व्यवस्थापन समितिमा कँडेलले छ मत प्राप्त गरेका थिए । भने अर्को प्रतिस्पर्धी उम्मेदवार सिंहले चार मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...