सीके राउतको कार्यकर्ताको लाश २४ दिनदेखि अस्पतालमै, परिवारलाई थाहै नदिई गरियो पोस्टमार्टम



हाम्रो इकोनोमि

 

 

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेका राममनोहर यादवको लाश २४ दिनदेखि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

प्रहरी हिरासत मै मृत्यु भएका यादवको परिवारले जाहेरी दर्ताको माग गर्दै आए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि परिवारले लाश बुझेको छैन। प्रहरीले यादवको पोस्टमार्टम पनि गुपचुप रुपमै गरेको छ।

डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी गराएको छ। परिवारको सहमति बिना यादवको पोस्टमार्टम गरिएको भन्दै गठबन्धनले आपत्ति जनाएको छ।

‘हामीले १५ दिनसम्म पोस्टमार्टम गरौं भन्दै आएका थियौं, प्रहरीले गर्न मानेन,’ गठबन्धनका नेता जासर यादवले पत्रकार सम्मेलनमा भने, ‘तर गएको शनिबार विदाको दिन प्रहरीले एक्लौटी पोस्टमार्टम गरेको छ। परिवारको सहमति बिना पोस्टमार्टम गरेर प्रहरीले प्रमाण नष्ट गरेको छ।’

२४ दिन हुँदासमेत सरकारको तर्फबाट कुनै पहल नभएको बताउँदै यादवले भने, ‘गृह मन्त्रालयले छानविन समिति बनाउने आश्वासन दिए पनि छानविन समिति बनेको छैन। मुद्दा दर्ता पनि भएको छैन। हामीले बारम्बार सरकारलाई ज्ञापन पत्र बुझाएका छौं तर कुनै कारवाही भएको छैन।’
गठबन्धनले राममनोहरको घटनाको छानविनको माग गर्दै मुद्दा दर्ताका लागि पहल गर्न मानवअधिकारवादीहरुसँग आग्रह गरेको छ।

भदौ ७ गते बर्दियाको जिल्ला समन्वय समितिको सभा हलमा संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उपप्रधानमन्त्री एवं फोरम अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। सोही कार्यक्रममा उपप्रधानमन्त्री यादवलाई कालो झण्डा देखाएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका रामनोहरसहित चारै जनालाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको थियो।

प्रहरी हिरासतमै भदौ १२ गतेदेखि बिरामी परेको राममनोहरलाई परिवारजनसँग भेटघाट गर्न नदिएको गठबन्धनले जनाएको थियो। प्रहरीले उपचार गर्न पनि नदिएको गठबन्धनका प्रवक्ता अब्दुल खानले जनाएका थिए।

राममनोहरको अवस्था नाजुक हुँदै बेहोस भएपछि प्रहरीले १५ गते अस्पताल लगिएको थियो। भेरी अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगंज मेडिकल कलेज र त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं शिक्षण अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो।

प्रहरीकै कारणले राममनोहरको मृत्यु भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय छानविन समिति गठनको माग गर्दै आएको छ। गठबन्धनका नेताहरुसँगको छलफलमा गृहमन्त्री रामबहादुर थापाले पनि छानविन समिति बनाउने बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...