खबरदार ! भारतीयलाई नागरिकता बेच्न संविधान संशोधन हुँदैछ



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभामा पेस भएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा त्रुटी भएको बताएका छन् ।

 

संसदमा पेश एको नागरिकता ऐनको विरोधमा सोमबार भएको कार्यक्रममा उनले ऐन कानुन बनाउँदा संविधानको ‘स्पिरिट’बन्नु पर्ने बताए । ‘कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चित हुन नहुनु हुँदैन,’ विदेशीले कुनै पनि हालतमा नागरिकता बनाउनु हुँदैन, उनले भने, ‘यही हो संविधानको मर्म ।’

 

उनले नागरिकता ऐन पनि संविधानको मर्म बमोजिम नै बनाउने पर्ने बताए । उनले नागरिकता ऐन विवादित बनेको बताउँदै नेकपाका वरिष्ठ नेता खनालले  ऐन भएको त्रुटी संसदले सच्याउनु पर्ने बताए ।

 

ऐनमा त्रुटी छन्, उनले  राज्य व्यवस्था समितिले पनि ऐनमा भएका विवादित विषयलाई ख्याल गर्नु पर्ने बताए । उनले भने,‘नेपालको  राष्ट्रियहितमा  ऐन बन्नु पर्छ, भएको त्रुटी संसदबाट सच्याउनु पर्छ ।’

 

उनले दुवैतर्फ विशाल राष्ट्र भारत र चीन भएका कारण जताबाट पनि जुनसकुकै बेला नेपालमा प्रहार हुन सक्ने बताए । ‘हामी दुई विशाल देशको बीचमा छौं,एक प्रतिशतमात्र यताउता हुने वित्तिकै  हाम्रो सामाजिक विग्रिन्छ,’उनले भने ।

 

नागरिकता राष्ट्रियता, स्वाधिनता, भौगलिक अखण्डतासँग जोडिएको विषय भएका कारण ऐन  खुकुलो बनाउन नहुने खनालको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...