गंगामायाका जेठा छोरा नुरप्रसाद अधिकारी पक्राऊ



हाम्रो इकोनोमि

 

गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको छ ।

 

आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै उनले अदालत तोडफोड गरेका थिए । उनको आक्रममणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा चोट लागेको छ ।

 

‘नुरप्रसादलाई आइतबार पक्राउ गरेका थियौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्त एसपी शेखर खनालले भने, ‘ज्यान मार्ने उद्योगमा सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

 

नुरप्रसादले ललितपुरकी बिन्दु घतानीको घरजग्गा सम्बन्धी मुद्दाको वारेस लिएर उच्च अदालत पाटन गएको बताइएको छ ।  ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए । उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले आइतबार जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

 

माओवादी जनयुद्ध बेला मारिएका फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीका माग गर्दै उनकी आमा गंगामाया वीर अस्पतालमा अनसन बसिरहेका छिन् ।

 

बुबा नन्दप्रसाद अधिकारीको अनुशनकै क्रममा गतवर्ष मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...