गंगामायाका जेठा छोरा नुरप्रसाद अधिकारी पक्राऊ



हाम्रो इकोनोमि

 

गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको छ ।

 

आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै उनले अदालत तोडफोड गरेका थिए । उनको आक्रममणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा चोट लागेको छ ।

 

‘नुरप्रसादलाई आइतबार पक्राउ गरेका थियौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्त एसपी शेखर खनालले भने, ‘ज्यान मार्ने उद्योगमा सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

 

नुरप्रसादले ललितपुरकी बिन्दु घतानीको घरजग्गा सम्बन्धी मुद्दाको वारेस लिएर उच्च अदालत पाटन गएको बताइएको छ ।  ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए । उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले आइतबार जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

 

माओवादी जनयुद्ध बेला मारिएका फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीका माग गर्दै उनकी आमा गंगामाया वीर अस्पतालमा अनसन बसिरहेका छिन् ।

 

बुबा नन्दप्रसाद अधिकारीको अनुशनकै क्रममा गतवर्ष मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...