अनशनरत विद्यार्थी किन निकालिए सडकमा ?



हाम्रो इकोनोमि

 

 

परीक्षा केन्द्र सार्नुपर्ने मागसहित आमरण अनशनमा बसेका विद्यार्थीलाई पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय अगाडिबाट हटाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको भवनमा रहेको परीक्षा व्यवस्थापन कार्यालय अगाडि अनशन बसेका विद्यार्थीलाई आइतबार राति प्रहरीले गेटबाहिर सडकमा निकालेको हो । विश्वविद्यालयले सडकमा निकालेपछि विद्यार्थीहरुले सडकमै पाल टागेर अनशन बसेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरका ६ जना विद्यार्थी तीन बुँदे माग पूरा नभएपछि आइतबारदेखि आमरण अनशनमा छन् । आइतबार राति प्रहरीले गेट बाहिर निकालेपछि सडकमै अनशन बसेको विद्यार्थी सरोज यादवले जानकारी दिए ।

परीक्षा केन्द्र सार्नुपर्ने, केन्द्राध्यक्षलाई कारवाही गर्नुपर्ने र छुटेको परीक्षा दिन पाउनुपर्ने मागसहित सेन्ट्रल कलेज जनकपुरबाट आन्दोलनका लागि गत बिहीबार विराटनगर आएका ६० विद्यार्थी माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउँछन् ।

२६ गतेबाट परीक्षा बहिस्कार गर्दै आन्दोलन गरिरहेका जयप्रकाश ठाकुर, मुकेशकुमार सिंह, दीपक यादव, अमित साह, पुष्पेन्द्र यादव र प्रकाश साह आमरण अनशनमा बसेका छन् ।

तीमध्ये प्रकाश साह, अमित साह र दिपक यादवको स्वास्थ्यमा समस्या देखिन थालेको छ । निर्माणधीन धुलाम्मे सडकछेउमा पाल टागेर अनशन बसेका विद्यार्थीले माग पूरा नभएसम्म अनशन बस्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...