पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन : अर्जुननरसिंह केसी



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिए ।

‘सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ’, उनले भने ।

नेता केसीले मुलुकमा महँगी, भ्रष्टाचार, महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र त्यसको अन्त्य गर्नुपर्नेमा जोडदिए ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...