अब हिंसाका कुरा जनता र देशको विरुद्धमाः काबा प्रधानमन्त्री पोखरेल



हाम्रो इकोनोमि

 

 

कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब पनि हिंसा र आतङ्कको कुरा गर्नु मुलुक र जनताको हितमा नहुने बताएका छन्।

 

मकवानपुरको भीमफेदीस्थित महेन्द्र माविको हीरक महोत्सवका अबसरमा उनले मुलुकलाई जातीय विभाजन र विखण्डन गराउने प्रवृत्ति देखा परेकाले आर्थिक विकास र समृद्धिका लागि त्यस्ता प्रवृत्ति विरुद्ध सबै एक भएर उभिनुपर्ने बताए।

 

काबा प्रधानमन्त्री पोखरेलले भने, “राष्ट्रिय मुद्दा र विकास तथा समृद्धिका लागि सबै एक भएर भएर उभिनु जरुरी छ । यो राष्ट्रिय अभियानमा सामेल हुन म सबैमा आग्रह गर्दछु । सबै भाषा, धर्म तथा संस्कृति मान्ने जनता र मुलुकको हितका लागि एकै ठाउँमा उभिनुको विकल्प छैन ।”

 

उनले विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुका साथै त्यहाँ आयोजित श्रीमद्भागवत् ज्ञान महायज्ञ समापन गरे। मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र रोजगारी सिर्जना गर्न केन्द्रित हुनुपर्ने बताए।

 

काबा प्रधानमन्त्री पोखरेलले आजै नेपाली सेनाको मध्यपृतना हेडक्वाटर अवलोकन गरी जानकारी लिनाका साथै सेनालाई चाहिने हतियारलगायतका सामग्री उत्पादन गर्दै आएको बहुउद्देश्यीय प्लाष्टिक उद्योग अवलोकन गरे।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...