बन्दमा तोडफोड गर्नेविरुद्ध मुद्दा लगाईने



हाम्रो इकोनोमि

 

चालकहरुको आन्दोलनका क्रममा साँफेबगर नगरपालिका कार्यालय भवन र सवारी साधनहरु तोडफोड गर्ने पाँच जनालाई शान्ति विरुद्धको कसुरमा कारवाही गरिने भएको छ ।

नगरपालिका कार्यालयमा तोडफोडको आरोपमा पक्राउ परेका सुवास राजबाहक, गौरव स्वाँर, केशु विक, बान्नीगढी-जयगढ गाउँपालिकाका सन्तोष खड्का र डोटी जिल्लाको लक्ष्मीनगरका तिलक थापामगरलाई प्रहरी पक्राउ गरी मुद्दाको प्रक्रिया अघि बढाएको हो । प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद लिएको छ ।

सुरक्षाकर्मीलाई ढुंगामुढा, मदिराका बोतल, रड प्रहार गरेको, इलाका प्रहरी कार्यालय घेराउ गरेको, अपशब्दसहित होहल्ला गरेको आरोप उनीहरुमाथि छ । उक्त घटनामा संलग्न अन्य १५ जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ । ‘बन्दकर्ताहरु विरुद्धको कारबाही नभइ हुलहुज्जत र तोडफोड गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्नेलाई कारबाही गर्न लागेका हौं’ डीएसपी जनकबहादुर शाहीले भने ।

बन्दकर्ताका मागकै विषयमा छलफल गर्न साँफेबगर नगरपालिकामा तयारी भइरहेका बेलामा एक्कासी अराजक समूहले नगरपालिका भवनसहित पार्किङमा राखिएका गाडी, डोजर, टिपर, र तीन वटा मोटरसाइकलमा तोडफोड गरेको थियो ।

त्यस क्रममा आक्रमणकारी र प्रहरीबीचमा दोहोरो झडपसमेत भएको थियो । झडपलाई नियन्त्रण लिन प्रहरीले एक राउण्ड हवाइ फायर र केही अश्रुग्यास समेत प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...