चुम्बनको बदला श्रीमतीले जिब्रो टोकिदिएपछि अस्पताल भर्ना



 

भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो घटना घटेको छ। दिल्लीको रनहोला क्षेत्रमा एक महिलाले आफ्ना श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते पारिदिएको खबर भारतीय मिडियामा चर्चामा छ।

ती महिलाले चुम्बन गर्नुको साटो श्रीमानको जिब्रो टोकेर घाइते बनाइदिएकी हुन्। ती महिला आठ महिनाकी गर्भवती थिइन्। श्रीमतीबाट चुम्बनको बदला सजाय पाएका ती श्रीमानको अस्पतालमा शल्यक्रिया भएको खबर आजतकले लेखेको छ।

श्रीमानबाट बेखुसी भएकी ती महिलाले रिस फेर्न त्यसो गरेको हुनसक्ने समाचारमा जनाइएको छ। समाचारमा जाइएको अनुसार उनीहरूबीच झगडा भइरहन्थ्यो र, त्यसको कारण थियो- लोग्नेको रुप। श्रीमतीका नजरमा उनी सुन्दर थिएनन्।

प्रहरीका अनुसार श्रीमान र २२ वर्षीया गर्भवती श्रीमतीबीच घटना हुँदाको दिन पनि झगडा भएको थियो। उनीहरूबीचको त्यसदिनको झगडा स‌ंझौतामा टुंगिएको थियो र श्रीमानले श्रीमतीलाई चुम्बन गर्न खोजेका थिए।

तर अचानक परिस्थिति अर्कै बन्यो जब ती महिलाले चुम्बनका बदला श्रीमानको जिब्रो नराम्रोसँग टोकिदिइन्। काटिएको जिब्रोको दिल्लीको सफदरजंग अस्पतालमा शल्याक्रिया भएको छ।

जिब्रोको शल्यक्रिया भएपनि उनी बोल्न सक्छन् वा सक्दैनन्, यसबारे चिकित्सकसँग पनि जवाफ छैन किनभने घाउ निकै गम्भीर भएको छ र शल्यक्रियाका क्रममा उनको जिब्रो नै काट्नुपरेको छ।

पीडितका बाबुले प्रहरीलाई खबर गरेपछि जिब्रो टोक्ने श्रीमती पक्राउ परेकी छन्। उनीहरु २० नोभेम्बर २०१६ मा विवाह बन्धनमा बाँधिएको खबरमा उल्लेख छ।

 

माईक्रो बसमा ‘ब्राउनसुगर’बोकेर हिँडेकी महिला पक्राउ

 

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–११ बाट लागूऔषध (ब्राउनसुगर) सहित एक महिला पक्राउ परेकी छिन् । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेकी २६ वर्षीया पवित्रा बिसी (विष्ट) लाई चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) बसन्त रजौरेले जानकारी दिएका छन् ।

बीरेन्द्रनगर  नगरपालिका–१२ बस्दै आएकी बिसी शनिवार बिरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना प्रहरी चोकीले चेक प्वाइन्ट राखेर चेकजाँच गर्ने क्रममा पक्राउ परेकी हुन् ।  प्रहरीले उनको साथबाट सेतो कागजमा पोको पारेको अवस्थामा २ ग्राम ६१० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पवित्रा र उनको श्रीमान समेत लागू औषध कारोबारी भएको खुल्न आएको छ । एसपी रजौरेका अनुसार पवित्राको श्रीमान पनि लागूऔषध कारोबार मुद्धामा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा छन् ।

ब्राउन सुगरको कारोबारमा संलग्नहरुलाई ५ बर्षदेखी १० बर्षसम्म जेल सजाय हुने कानुनी ब्यवस्था रहेको छ । पवित्राबारे लागूऔषध मुद्धामा म्याद लिएर अनुसन्धान भइरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्