मोटरसाइकल ठक्करबाट बालकको मृत्यु



हाम्रो इकोनोमि

 

डोटी जिल्ला शिखर नगरपालिका-१० मा मोटरसाइकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

 

शिखर नगरपालिका बस्ने चक्रबहादुर बलायरको ७ वर्षीया छोरा बिपिन बलायरको मृत्यु भएको हो ।

 

केआईसिंह गाउँपालिका-४ वायल निवासी २६ वर्षीय लक्ष्मणप्रसाद पाण्डेले चलाएको से१प ३२४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका बिपिनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

 

दुर्घटनामा घाइते भएका बलायरको स्थानीय शैलेश्वरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।

 

मोटरसाइकल र चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...