मोदीलाई ट्रम्पको चेतावनी : सुध्र नत्र नराम्रो कार्वाही भोग्नु पर्ला



हाम्रो इकोनोमि

 

चीनसँग ब्यापारिक तनाव झेलिरहेको अमेरिका चीनको समकक्षी मुलुक भारतसँग पनि बिच्किएको छ ।

 

पछिल्लो समय भारतका व्यापारिक मामिलामाथि चासो बढाउँदै लगेको अमेरिकाले रसियासँगको सम्बन्धलाई लिएर धम्की नै दिएको छ । भारतले रुसबाट एस–४०० एयर डिफेन्स मिसाइल प्रणाली खरिद गर्न तयार भएपछि अमेरिकी प्रशासनले धम्की नै दिएको हो ।

 

रुससँग उक्त सिस्टम खरिद गर्ने प्रसङ्गलाई लक्षित गर्दै ट्रम्प प्रशासनले भारतलाई चेतावनी दिएको छ । ट्रम्प प्रशासनले यदि यस्तो कामलाई भारतले निरन्तरता दिए कार्वाही भोग्न तयार हुनुपर्ने चेतावनी दिएको छ ।

 

रुसमाथि ब्यापारिक प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले आफ्नो ब्यापारिक साझेदार मुलुक भारतले रुससँग अतिमहंगा वस्तु खरिद गर्ने निर्णय गरेपछि भारतमाथि समेत प्रतिबन्धको चेतावनी दिएको हो । विश्वकै धनी र शक्तिशाली मुलुक मानिने अमेरिकाले ब्यापारिक सम्बन्ध चीन, इरान र रुस हुँदै भारतसँग पनि चिसिन थालेको हो ।

 

ट्रम्प प्रशासनले दिएको भारतलाई दिएको चेतावनीलाई केही विज्ञले उसको अर्को कारवाहीका रुपमा पनि ब्याख्या गरेका छन् । भारतमाथि ट्रम्पको यही आक्रोशको निरन्तरताको रुपमा पछिल्लो धम्की आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ब्याख्या गरेका छन् ।

 

साथै यसले भारत–रुस सम्बन्धमा असर पार्न सक्ने आँकलन सञ्चारमाध्यमले गरेका छन् । बलियो ब्यापारिक साझेदारसमेत रहेको अमेरिकाको सूचना प्रविधिको क्षेत्रमा हजारौँ भारतीयले लामो समयदेखि काम गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...