भारतलाई अमेरिकाको धम्कीः नसच्चिए कारवाही यस्तो सम्म हुन सक्छ



हाम्रो इकोनोमि

 

 

विश्वशक्तिको दौडमा रहेको चीनसँग ब्यापारिक तनाव झेलिरहेको अमेरिका चीनकै छिमेकी मुलुक भारतसँग आमने-सामने भएको छ ।

पछिल्लो समय भारतका व्यापारिक मामिलामाथि चासो बढाउँदै लगेको अमेरिकाले रसियासँगको सम्बन्धलाई लिएर धम्की नै दिएको छ । भारतले रुसबाट एस-४०० एयर डिफेन्स मिसाइल प्रणाली खरिद गर्न तयार भएपछि अमेरिकी प्रशासनले धम्की नै दिएको हो ।

रुससँग उक्त सिस्टम खरिद गर्ने प्रसंगलाई लक्षित गर्दै ट्रम्प प्रशासनले चेतावनीको भाषामा भनेको छ, ‘यदि यस्तो कामलाई भारतले निरन्तरता दियो भने कारवाही हुनसक्छ ।’

रुसमाथि ब्यापारिक प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले आफ्नो ब्यापारिक साझेदार मुलुक भारतले रुससँग अतिमहंगा वस्तु खरिद गर्ने निर्णय गरेपछि भारतमाथि समेत प्रतिबन्धको चेतावनी दिएको हो ।

विश्वकै धनी र शक्तिशाली मुलुक मानिने अमेरिकाले ब्यापारिक सम्बन्ध चीन, इरान र रुस हुँदै भारतसँग पनि चिसिन थालेको हो । ट्रम्प प्रशासनले दिएको भारतलाई दिएको चेतावनीलाई केही विज्ञले उसको अर्को कारवाहीका रुपमा पनि ब्याख्या गरेका छन् ।

त्यसो त, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि मात्रै भारतलाई लक्षित गर्दै भनेका थिए, ‘हामीले भारतसँग केही पाइराखेका छैनौँ ।’

भारतमाथि ट्रम्पको यही आक्रोशको निरन्तरताको रुपमा पछिल्लो धम्की आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ब्याख्या गरेका छन् । साथै यसले भारत-रुस सम्बन्धमा असर पार्न सक्ने आँकलन सञ्चारमाध्यमले गरेका छन् । बलियो ब्यापारिक साझेदारसमेत रहेको अमेरिकाको सूचना प्रविधिको क्षेत्रमा हजारौँ भारतीयले लामो समयदेखि काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...