भारतलाई अमेरिकाको धम्कीः नसच्चिए कारवाही यस्तो सम्म हुन सक्छ



हाम्रो इकोनोमि

 

 

विश्वशक्तिको दौडमा रहेको चीनसँग ब्यापारिक तनाव झेलिरहेको अमेरिका चीनकै छिमेकी मुलुक भारतसँग आमने-सामने भएको छ ।

पछिल्लो समय भारतका व्यापारिक मामिलामाथि चासो बढाउँदै लगेको अमेरिकाले रसियासँगको सम्बन्धलाई लिएर धम्की नै दिएको छ । भारतले रुसबाट एस-४०० एयर डिफेन्स मिसाइल प्रणाली खरिद गर्न तयार भएपछि अमेरिकी प्रशासनले धम्की नै दिएको हो ।

रुससँग उक्त सिस्टम खरिद गर्ने प्रसंगलाई लक्षित गर्दै ट्रम्प प्रशासनले चेतावनीको भाषामा भनेको छ, ‘यदि यस्तो कामलाई भारतले निरन्तरता दियो भने कारवाही हुनसक्छ ।’

रुसमाथि ब्यापारिक प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले आफ्नो ब्यापारिक साझेदार मुलुक भारतले रुससँग अतिमहंगा वस्तु खरिद गर्ने निर्णय गरेपछि भारतमाथि समेत प्रतिबन्धको चेतावनी दिएको हो ।

विश्वकै धनी र शक्तिशाली मुलुक मानिने अमेरिकाले ब्यापारिक सम्बन्ध चीन, इरान र रुस हुँदै भारतसँग पनि चिसिन थालेको हो । ट्रम्प प्रशासनले दिएको भारतलाई दिएको चेतावनीलाई केही विज्ञले उसको अर्को कारवाहीका रुपमा पनि ब्याख्या गरेका छन् ।

त्यसो त, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि मात्रै भारतलाई लक्षित गर्दै भनेका थिए, ‘हामीले भारतसँग केही पाइराखेका छैनौँ ।’

भारतमाथि ट्रम्पको यही आक्रोशको निरन्तरताको रुपमा पछिल्लो धम्की आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ब्याख्या गरेका छन् । साथै यसले भारत-रुस सम्बन्धमा असर पार्न सक्ने आँकलन सञ्चारमाध्यमले गरेका छन् । बलियो ब्यापारिक साझेदारसमेत रहेको अमेरिकाको सूचना प्रविधिको क्षेत्रमा हजारौँ भारतीयले लामो समयदेखि काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...