ओली सरकारले संघीयता मास्न खोज्दैछ : गगन थापा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संघीयता वारे वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट धारणा नभएको हुदा प्रदेश सरकार झन् कमजोर बन्दै गएको बताएका छन् ।

 

 नेपाल प्रेस युनियन पाल्पा शाखाले सोमवार राखेको अन्तरक्रियामा वोल्दै नेता थापाले क्षमताको हिसावले जनताको अपेक्षा अनुरुप काम गर्न नसक्दा ५ बर्षको अनुकुलको समय खेर जादा प्रश्न सरकारमाथी नभई पद्धतीमाथी नै उठ्ने बताए ।

 

उनले लामो समयपछि बलियो सरकार बनेपनि सरकार सुशासनको पक्षमा चुकेको र मुलुकलाई समृद्धि तर्फ उन्मुख गराउन असफल भएको उल्लेख गरे।

 सरकारको स्थीरताको कारण कही कतै संविधानको स्थायीत्वमा अप्ठ्यारो नल्याओस भन्दै थापाले यो अवस्थामा प्रतिपक्षको भुमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।

थापाले कांग्रेस महासमिति वैठकपछि पार्टिको नया संरचनामा जाने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...