दुई महिनाभित्र कानूनहरु लगानीमैत्री बनिसक्छन् : अर्थमन्त्री खतिवडा



हाम्रो इकोनोमि

 

अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् ।

सोमबार रुपन्देहीमा बुटवल उद्योग वाणिज्य संघको ६५ औं साधारणसभाको उद्घाटन गर्दै लगानीमैत्री वातावरण बनाउन आवश्यक कानूनहरु २ महिनाभित्र संशोधन भइसक्ने बताए ।

‘अब के गर्नुपर्‍यो लगानीमैत्री वातावरणको लागि ? स्थिर सरकार छ, हामी निर्णय प्रक्रिया छिटो गर्ने तयारीमा छौं’ उनले भने ‘कानूनहरु संशोधनको अवस्थामा छन् । छिटै एक/दुई महिनामा संसदको विचाराधीन अवस्थामा पुग्नेछन् । संसदले पास गर्छ ।’

लगानीलाई एकद्वार प्रणालीबाट अघि बढाउने, कम्पनी कानून, औद्योगिक व्यवसाय, विदेशी लगानी प्रवर्द्धन, विदेशी विनिमय, बैंकिङसँग सम्बन्धित कानूनहरु संशोधन भएर लगानीमैत्री वातावरणमा जाने अर्थमन्त्री खतिवडाले जानकारी गराए ।

उनले संघ, प्रदेश र स्थानीय तह तीनवटै तहको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्ने बताए । अहिले देखिएको बैंक ब्याजदर महंगो हुने समस्या धेरै नरहने अर्थमन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...