प्रचण्ड पछार्न ओलीको कार्ड बन्दै बादल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलह एकले अर्कालाई सिध्याउने खेलका रुपमा बाहिर आएको छ । दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एकले अर्कालाई सिध्याउन भित्रैदेखि लागेका छन् ।

 

त्यसका लागि ओलीले पूर्व माओवादी नेता रामबहादुर थापा बादललाई अगाडि सारेका छन् । यसको उदाहरण हो अहिलेको सातै प्रदेशको संरचना ।

 

हुनत नेकपाको सचिवालय बैठकले सार्वजनिक गरेको सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्ष र सचिवहरुको सूचीमा पूर्वमाओवादी घटकको उपस्थिति पूर्वएमालेको भन्दा कमजोर छ । तर, पूर्वमाओवादी भित्रबाट हेर्दा प्रचण्ड समूहको हाराहारीमै बादल समूहको प्रतिनिधित्व देखिएको छ ।

 

यो ओलीले जानीजानी गरेको उच्च स्रोत बताउँछ । पूर्वमाओवादी नेताहरु प्रचण्ड र बादल एउटै गृहजिल्लाका बासिन्दा हुन् । उनीहरु माओवादी आन्दोलनका पुराना सहयात्री हुन् ।

 

तर एक जमाना ‘लिन पिआओ’ प्रवृत्ति देखियो भनेर कारवाहीसमेत भोगेका बादलको पुनरुत्थान प्रचण्डका लागि चुनौतिपूर्ण बन्न थालेको छ ।

 

तिनै बादल प्रचण्डलाई सिध्याउन प्रयोग हुँदैछन् । पूर्वमाओवादीमा बादल समूहको बढ्दो तागतले प्रचण्डलाई सकसमा पार्न सक्ने संकेत देखिएको छ ।

 

नेकपा सचिवालयले शुक्रबार सार्वजनिक गरेको प्रदेशका नेताहरुको सूची हेर्दा प्रदेश १ र प्रदेश ७ मा प्रचण्ड पक्षका नेताहरुको उपस्थिति शून्य देखिएको छ भने ओली–बादल समूह बराबर हैसियतमा देखिएका छन् ।

 

कुनै समय बादलको कार्यशैलीप्रति असन्तुष्ट देखिएका ओलीले अहिले प्रचण्डलाई रोक्न बादललाई नै प्रयोग गरिरहेको बुझिन्छ । अर्को अर्को स्रोत भने बादल तेस्रो शक्तिको रुपमा उदाउन खोजिरहेको भन्नेहरु पनि छन् ।

 

अध्यक्षमात्र भएर ठिंग उभिएका प्रचण्डलाई सत्ताको प्रत्यक्ष लाभ छैन । उनी ओली र बादल दुवैसंग दूरी बढाउन चाहँदैनन् । त्यसो गर्नासाथ उनलाई खुमलटारको आफ्नो गृहबाट धुम्बाराहीको पार्टीको घर टाढा हुन जान्छ ।

 

प्रचण्डले पूर्व एमाले नेता बामदेव गौतमसंगको हिमचिम बढाएपछि ओलीले प्रचण्डको सेखी झार्न बादललाई प्रयोग गरेको बुझिन आएको छ ।

 

दोस्रो तहका दुवै नेताहरु नेतृत्वका लागि कुरिरहेका छन् । तर अहिलेसम्म गुट राजनीतिबाट टाढिन नसकेका उनीहरु नेतृत्वमा पुग्न निकै कठिन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...