प्रचण्ड पछार्न ओलीको कार्ड बन्दै बादल



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलह एकले अर्कालाई सिध्याउने खेलका रुपमा बाहिर आएको छ । दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एकले अर्कालाई सिध्याउन भित्रैदेखि लागेका छन् ।

 

त्यसका लागि ओलीले पूर्व माओवादी नेता रामबहादुर थापा बादललाई अगाडि सारेका छन् । यसको उदाहरण हो अहिलेको सातै प्रदेशको संरचना ।

 

हुनत नेकपाको सचिवालय बैठकले सार्वजनिक गरेको सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्ष र सचिवहरुको सूचीमा पूर्वमाओवादी घटकको उपस्थिति पूर्वएमालेको भन्दा कमजोर छ । तर, पूर्वमाओवादी भित्रबाट हेर्दा प्रचण्ड समूहको हाराहारीमै बादल समूहको प्रतिनिधित्व देखिएको छ ।

 

यो ओलीले जानीजानी गरेको उच्च स्रोत बताउँछ । पूर्वमाओवादी नेताहरु प्रचण्ड र बादल एउटै गृहजिल्लाका बासिन्दा हुन् । उनीहरु माओवादी आन्दोलनका पुराना सहयात्री हुन् ।

 

तर एक जमाना ‘लिन पिआओ’ प्रवृत्ति देखियो भनेर कारवाहीसमेत भोगेका बादलको पुनरुत्थान प्रचण्डका लागि चुनौतिपूर्ण बन्न थालेको छ ।

 

तिनै बादल प्रचण्डलाई सिध्याउन प्रयोग हुँदैछन् । पूर्वमाओवादीमा बादल समूहको बढ्दो तागतले प्रचण्डलाई सकसमा पार्न सक्ने संकेत देखिएको छ ।

 

नेकपा सचिवालयले शुक्रबार सार्वजनिक गरेको प्रदेशका नेताहरुको सूची हेर्दा प्रदेश १ र प्रदेश ७ मा प्रचण्ड पक्षका नेताहरुको उपस्थिति शून्य देखिएको छ भने ओली–बादल समूह बराबर हैसियतमा देखिएका छन् ।

 

कुनै समय बादलको कार्यशैलीप्रति असन्तुष्ट देखिएका ओलीले अहिले प्रचण्डलाई रोक्न बादललाई नै प्रयोग गरिरहेको बुझिन्छ । अर्को अर्को स्रोत भने बादल तेस्रो शक्तिको रुपमा उदाउन खोजिरहेको भन्नेहरु पनि छन् ।

 

अध्यक्षमात्र भएर ठिंग उभिएका प्रचण्डलाई सत्ताको प्रत्यक्ष लाभ छैन । उनी ओली र बादल दुवैसंग दूरी बढाउन चाहँदैनन् । त्यसो गर्नासाथ उनलाई खुमलटारको आफ्नो गृहबाट धुम्बाराहीको पार्टीको घर टाढा हुन जान्छ ।

 

प्रचण्डले पूर्व एमाले नेता बामदेव गौतमसंगको हिमचिम बढाएपछि ओलीले प्रचण्डको सेखी झार्न बादललाई प्रयोग गरेको बुझिन आएको छ ।

 

दोस्रो तहका दुवै नेताहरु नेतृत्वका लागि कुरिरहेका छन् । तर अहिलेसम्म गुट राजनीतिबाट टाढिन नसकेका उनीहरु नेतृत्वमा पुग्न निकै कठिन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्