मार्ने धम्की दिएर बलात्कार गर्ने पक्राउ



हाम्रो इकोनोमि

 

पाँचथरको मिक्लाजुङ गाँउपालिमा एक महिलालाई ज्यान मार्ने तथा बेइज्जत गरिदिने धम्की दिएर बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

 

स्थानीय ३५ वर्षीया महिलालाई धम्की दिएर बलात्कार गरेको आरोपमा स्थानीय ३० वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

आफू घरमा नभएको बेला आफ्नी श्रीमतीलाई धाकधम्की दिई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले असोज ५ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएका थिए ।

 

जाहेरीका आधारमा अभियुक्तलाई असोज ६ गते स्थानीय प्रहरी चौकीको सहयोगमा नियन्त्रणमा लिई जबरजस्ती करणी अपराध अन्तरगत मुद्दा दर्ता गरि अनुसन्धानको कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

यस्तै फिदिम नगरपालिकामा एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज ५ गते इलाम घर भएका एक व्यक्तिलाई जिल्लाको फाल्गुनन्द गाँउपालिकाबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...