सशस्त्रको जग्गा खरिदमा ४ करोड भ्रष्टाचार



हाम्रो इकोनोमि

 

सशस्त्र प्रहरी बलका विगतका चार पूर्व आइजीपीहरुमाथि पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको कहिल्यै नमेटिने कालो धब्बा लागेको छ । विगतमा ती चार आइजीपीले जुन ढंगले भ्रष्टाचार गरेका थिए, वर्तमान आइजीपी शैलेन्द्र खनालले उनीहरुकै पदचाप पछ्याउन थालेका छन् ।

 

सशस्त्र प्रहरी अस्पतालका लागि जग्गा खरिद गर्दा आइजीपी खनालले जुन नांगो नाच नाचेका छन्, त्यसले उनी पदमा बहाल भएको ६ महिनाभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्ने संभावना बढेको छ ।

 

सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालका लागि १० आना जग्गा १० करोड रुपैयाँमै खरिद गर्ने क्रममा आइजीपी खनालले नांगो भ्रष्टाचार गरेका छन् ।

 

बलम्बुस्थित अस्पतालसँगै जोडिएको सशस्त्रका पूर्व एसएसपीको ४ आना र बहालवाला इन्स्पेक्टरको ६ आनासमेत गरी १० आना जग्गा खरिद गर्दा सशस्त्रले टेण्डरसमेत नगरेको खुलासा भएको छ ।

 

सार्वजनिक खरिद ऐन नियममा टेण्डर गरेर मात्र खरिद गर्नुपर्ने ब्यवस्था छ । तर अस्पताल वरिपरि १ दिन भित्तामा जग्गा आवश्यक परेको सूचना निकाली गुपचुप रुपमा खरिद गरिएको थियो ।

 

सशस्त्रको कल्याणकारी सेवा केन्द्रका लेखाअधिकृत इन्स्पेक्टर महेन्द्र हमालको ६ आना र सशस्त्रकै पूर्वएसएसपी लक्ष्मी बस्यालको ४ आना जग्गा सशस्त्रले १० करोडमा खरिद गरेको हो । हमालको साढे ४ तला घरसमेत थियो । बस्यालको जग्गा खाली थियो ।

 

खरिद प्रक्रिया सबै उल्लंघन गरी जग्गा किन्ने क्रममा सशस्त्रका आइजीपी शैलेन्द्र खनालले ४ करोड रुपैयाँ भन्दा बढी घोटाला गरेको आरोप छ । सशस्त्र प्रहरीको अस्पताल रहेको क्षेत्रमा जग्गाको मूल्य प्रतिआना न्यूनतम २५ देखि बढीमा ३५ लाख रुपैयाँसम्म पर्छ । बढीमा ५० लाख आना हुँदा पनि ५ करोड हुन्छ ।

 

जग्गाको सबैभन्दा बढी मूल्य तिरेर भूकम्पले चिराचिरा पारेको र पछि टालटुल पारेको पुरानो घरको थप १ करोड दिंदा पनि ६ करोड भन्दा पर्दै नपर्ने जग्गा सशस्त्र प्रहरीले १० करोडमा खरिद गर्दा ४ करोड रुपैयाँ घोटाला भएको सशस्त्रका अधिकारी बताउँछन् ।

 

कैलालीमा तालिम केन्द्र बनाउनका लागि सरकारले निकासा दिएको १० करोड रुपैयाँ बजेट त्यहाँ खर्च नगरी आइजीपी खनालले अस्पतालको जग्गा खरिद गरेको खुलेको छ । सिंहबहादुर श्रेष्ठ आइजीपी हुँदा पनि सशस्त्रको जग्गा खरिद गर्नका लागि कुरा उठेको थियो ।

 

श्रेष्ठले अस्पतालका तत्कालीन सुपरिटेन्डेन्ट प्राविधिक एसपी रुपम महर्जनलाई जग्गा आवश्यक पर्ने नपर्नेबारे बुझे । महर्जनले सशस्त्र प्रहरी अस्पतालका लागि पर्याप्त जग्गा भएकाले थप जग्गा आवश्यक नपर्ने जवाफ आइजीपी श्रेष्ठलाई दिएका थिए ।

 

पर्याप्त जग्गा अस्पतालका लागि भएकाले श्रेष्ठले जग्गा खरिद गरेनन् । तर खनाल आउनासाथ ४ करोड भन्दा बढी कमिसन आउने भएपछि अस्पतालका प्राविधिक एसपी महर्जनलाई हटाएर प्रशासनतर्फका एसएसपी हरिश्चन्द्र अधिकारीलाई सरुवा गरे । महर्जनबाट जग्गा खरिद गर्न सकारात्मक कुरा नआउने भएपछि उनले २०७५ जेठ १२ मा एसएसपी अधिकारीलाई सरुवा गरेका थिए ।

 

सशस्त्रको इतिहासमा अस्पतालमा प्राविधिक नै प्रमुख हुँदैआएका थिए । तर पहिलो पटक आइजीपी खनालले उक्त जग्गा खरिद गर्नकै लागि प्रशासनका एसएसपीलाई अस्पतालको प्रमुखमा पठाएर उनीबाट जग्गा र घर आवश्यक भएको राय लेख्न लगाए । र, भूकम्पले चिराचिरा पारेको घर सशस्त्रको लागि आवश्यक परेको भनी किनेका छन् ।

 

जुन घर साह्रै पुरानो हो, आजको साँघु साप्ताहिकमा समाचार छ । भूकम्पमा कामै नलाग्नेगरी छियाछिया भएको थियो । कल्याणकारी सेवा केन्द्रका लेखाअधिकृत हमालले नै भूकम्पले जर्जर बनाएको घर र जग्गा खरिदमा कमिसनको डिल गरेका थिए ।

 

जग्गा खरिदमा घुसको सेटिङ सबै सशस्त्र मुख्यालयका लेखा अधिकृत गणेशबहादुर मल्ल र अस्पतालका एसएसपी अधिकारीले गरेका थिए । मल्लले घुसमा कुरा मिलाइसकेपछि सशस्त्रका आइजीपीले जग्गा खरिदको स्वीकृति दिएका थिए ।

 

मल्ललाई खनाल आइजीपी हुनासाथ लेखामा ल्याएका हुन् । उनले आफ्नो घर नै बिक्री गरी खनाललाई आइजीपी बनाउन शक्तिकेन्द्रमा लगानी गरेकाले केन्द्रीय लेखामा आउन सफल भएको निकटस्थहरुसँग बताउने गरेका छन् ।नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....