रेडलाइटबारे जवाफ, म फाँसीमा झुन्डिन पनि तयार छु : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ



 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश सरकार सफल पार्नका लागि, प्रदेश सरकारको गौरव बढाउनका लागि, गण्डकी प्रदेशको विकासको चाहना पूरा गर्नका लागि आफू फाँसीमा झुन्डिन पनि तयार रहेको बताएका छन् । उनले आफू जनता र प्रदेशको हितका लागि आवश्यक र बोल्नु पर्ने कुरामा बोल्न नडराउने बताए ।

 

गण्डकी प्रदेशसभामा आइतबार विशेष सम्बोधन गर्दै उनले भने, ‘गण्डकी प्रदेशको विकासको चाहना पूरा गर्नका लागि आफू फाँसीमा झुन्डिन पनि तयार छु ।’

 

गुरुङले प्रदेशको अधिकार खोजेर संघीय सरकारलाई तर्साउने मनसाय नरहेको बताए । भने, ‘यो कसैप्रति घेराबन्दी होइन, आलोचना पनि होइन । संविधानमा भएका व्यवस्था कार्यान्वयन होस् मात्रै भनेका हौं ।’

 

दुई साता अघिको पोखरामा सम्पन्न मुख्यमन्त्रीहरुको भेलामा केन्द्र सरकारलाई तर्साउन नभइ संघीयता कार्यान्यवन के कसरी गर्न सकिन्छ ? र सबै पक्ष कसरी जिम्मेवार बनेर अगाडि बढ्नुपर्छ ? भन्ने विषयमा छलफलको आयोजना गरिएको प्रष्टिकरण दिए ।

 

रेडलाइटबारे जवाफ

मुख्यमन्त्री गुरूङले केही समयअघि पोखरामा आयोजित एक कार्यक्रममा रेडलाइट एरिया तोक्नुपर्ने विषयमा दिएको अभिव्यक्तिको बचाँउ गरी संसदलार्इ जवाफ दिएका छन् ।

 

उनले आफूले बोलेको कुरालाई लिएर विभिन्न सञ्चारमाध्यममा टिकाटिप्पणी भएको भन्दै यौन व्यवसायमा महिला मात्र नभएर पुरुष र तेस्रो लिंगीहरूसमेत लागेकाले आफ्नो भनाई महिलामाथि मात्र नरहेको प्रष्ट्याए ।

 

उनले भने, ‘यौन व्यवसायलाई प्रतिबन्ध लगाउने, नियमन गर्ने, अपराधीकरण गर्ने वा निर्मुल पार्ने विकल्प हुनसक्छ यसमा बहस गरौं भनेको हुँ।’ महिलालाई मात्रै आफूले लक्ष्य नगरेको भन्दै उनले समाजमा पुरुष, महिला र तेस्रोलिंगी गरी तीनथरी यौनकर्मी रहेको सुनाए।

 

चीन भ्रमणमा जादै
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ९ असोजदेखि १५ गतेसम्म चीनको हाइनान प्रान्त भ्रमणमा जान लागेको संसदलाई जानकारी गराए। प्राविधिक महाविद्यालय खोल्न भ्रमणका क्रममा छलफल गर्ने उनले बताए।

 

पर्यटनमा लगानी गर्न चिनियाँहरुले चासो देखाएको जानकारी पनि मुख्यमन्त्री गुरुङले दिए। अहिले आफूलाई निम्तो पठाएका हाइनानका गभर्नरलाई आउँदो नोभेम्बरमा पोखरा डाक्ने र दुई प्रदेशबीच मितेरी साइनो लगाउने योजना रहेको उनले सुनाए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्