चार देशको रहस्यमय भ्रमणमा पूर्व राजा ज्ञानेन्द्र शाह



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्रवीर बिक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती भ्रमणहरु राजनीतिकदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा ब्यस्त छन् ।

 

२०७५ भदौ २९ गतेबाट थाइलैण्ड भ्रमणमा निस्केका शाह एक महिना पुरै विदेशमा विताउने छन् । २९ भदौमा विदेश भ्रमणमा निस्केका पूर्वराजा शाह ३० असोजमा नेपाल आइपुग्नेछन् । यो समयमा उनी थाईलैण्ड, श्रीलंका, भारतदेखि माल्दिभ्ससम्मको यात्रा गर्नेछन् ।

 

२९ भदौमा थाइलैण्ड निस्केका पूर्व राजा शाहको परिवारले त्यहाँ शुद्ध पारिवारिक भ्रमण सम्पन्न गरेका छन् । पूर्व अधिराजकुमारी हिमानी शाहका छोरीहरु पूर्णिका र कृतिकासँगको भेटघाट गरेपछि पूर्व राजपरिवारको टोली अहिले श्रीलंका पुगेको छ ।

 

५ असोजबाट सुरु भएको श्रीलंका भ्रमण २० असोजसम्म हुनेछ । १५ दिन लामो यो भ्रमण भने राजनीतिक हुनेछ ।

 

स्रोतका अनुसार, श्रीलंकामा पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतीय, चिनियालगायतका सार्क र सार्क बाहिरका देशमा राजनीतिक व्यक्तिहरुसँग महत्वपूर्ण भेटघाट र वार्ता गर्नेछन् । त्यो भेटघाट के उद्देश्यका लागि हुनेछ भनेर नखुले पनि भेटवार्ता भने निकै महत्वपूर्ण हुने स्रोतहरुको भनाइ छ ।

श्रीलंकापछि पूर्व राजाको भ्रमण माल्दिभ्स हुनेछ । मादिभ्सको यात्रा भने शाह परिवारको घुमघामका लागि मात्रै हुनेछ । अहिलेसम्म पूर्व राजा र उनको परिवार माल्दिभ्स गएको छैन ।

 

२७ असोजसम्म माल्दिभ्समा रहने यो टोलीले २७ असोजमा भनेर भारतको मुम्बई पुग्नेछ । मुम्बईमा हुने महायज्ञमा निमन्त्रणा मान्न पुग्ने राजपरिवार बडादशैं २०७५ को फूलपातीका दिन ३० असोजमात्रै नेपाल फर्किने कार्यक्रम रहेको छ ।

 

स्रोतका अनुसार, पूर्वराजा शाहको भ्रमण दलमा पूर्व महारानी कोमल, वुहारी हिमानी हुनेछन् । साथै,  पूर्वराजा ज्ञानेन्द्रका सहयोगी सागर तिमिल्सना, पुराना मित्र प्रभु शमशेर राणा, हिमानीका सहयोगी स्मिता सिंह त्यसैगरी, हस्तबहादुर मल्ल अनि भान्से, सुसारे र नानीहरुको टोली पनि साथमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...