गृहमन्त्री बादल र आईजीपी सर्वेन्द्रलाई प्रश्न : न्याय दिन नसक्नेले किन कुर्सिमा बस्नु ?



हाम्रो इकोनोमि

 

मानव अधिकार तथा शान्ति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष मानबहादुर थापाले प्रहरी प्रशासन दोषीलाई उन्मुक्ति दिनतर्फ सक्रिय भएर लागेको आरोप लगाएका छन् ।

 

दुई महिना पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घट्नालाई स्मरण गराउँदै हत्यामा संलग्नका प्रमाण नष्ट गर्न प्रहरीनै सक्रिय भएर लाग्ने गरेको गम्भिर आरोप लगाएका छन् ।

 

नेपालको प्रहरी प्रशासन पछिल्लो समय निकै कमजोर र अपराधीलाई उन्मुक्ति दिन लागिपरेको उनको गुनासो छ । उनले भने,‘देशैभरि यस्ता अपराधिक घट्नाहरु घटिरहेका छन्, प्रायः घट्नाहरुको प्रमाण नष्ट गर्न प्रहरीको संलग्नता देखिनु सामान्य मान्न सकिन्न ।

 

 गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई म भन्न चाहन्छु पीडितको लागि न्याय दिन सकिन्न भने किन कुर्सिमा बस्ने ? पीडितलाई झन् पीडा दिने प्रहरी कर्मचारीहरुलाई किन कारबाही नगर्ने ?’हाम्राकुराबाट

के हुँदैछ निर्मला हत्या प्रकरणमा ? प्रहरीले थाल्यो सेनामाथि अनुसन्धान

 

कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान गर्न गठित समितिले निलम्बित सबै प्रहरीको पोलिग्राफ परीक्षण गर्ने तयारी गरेको छ ।

 

प्रहरी प्रधान कार्यालयले एआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको टोलीले निलम्बित प्रहरी अधिकारीहरु एसपी डिल्लीराज विष्ट, डिएसपी अंकुर जिसी, ज्ञानबहादुर सेठी लगायत पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको हो ।

 

समितिका एक सदस्यका अनुसार घटनास्थलमा निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी साउदको पोलिग्राफ परीक्षण भइसकेको छ । यद्यपि, त्यसको रिजल्ट आउन बाँकी छ ।

यसअघि भदौ अन्तिम साता एसपी विष्ट, उनका छोरा किरण, मेयरका भतिजा आयुषको पनि डीएनए परीक्षण गरिएको थियो ।

 

होटलको सीसी टिभी फुटेज ‘रिस्टोर’ गर्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले स्थानीय ओपेरा होटलको सीसी टीभी फुटेज ‘रिस्टोर’ गर्नलाई केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।

 

स्थानीयले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्रका भतिज र एसपीका छोरा किरणमाथि निर्मला पन्त बलात्कार प्रकरणमा आशंका व्यक्त गरेपछि ओपेरा होटलको फुटेज रिकभर गर्न लागेको हो ।

 

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतका अनुसार घटना भएको दिन किरण त्यहाँ बसेको जानकारी आएपछि फुटेज रिकभर गर्न लागिएको हो ।

 

‘हामीले फुटेज रिकभर गर्नका लागि काठमाडौं पठाइसकेका छौं’, उनले  भने, ‘रिजल्ट आइसकेको छैन ।’

 

प्रहरीले त्यस होटलसहित आसपास रहेका अन्य सीसी टिभीहरुको हाड डिस्क पनि रिकभर गर्न पठाएको जनाइएको छ । होटलको सीसी टिभी

१५ दिनमा अटो डिलिट हुने सिष्टममा रहेको प्रहरीको भनाइ छ ।

 

प्रहरीको मोबाइल अध्ययनपछि फिर्ता

समितिले अनुसन्धानमा संलग्न १९ जना प्रहरी अधिकारीहरुको सीम कार्ड जफत गरेको थियो । जसको अध्ययनपछि शुक्रबार साँझ फिर्ता गरिएको छ ।

 

घटनामा प्रहरीले गैरजिम्मेवारपूर्ण गतिविधि गर्नु पछाडिको अनुसन्धान गरिरहेको टोलीले उनीहरुको मोबाइल अध्ययन गरेपछि फिर्ता गरेको हो ।

समितिका संयोजक बस्न्यात अनुसन्धान भइरहेको बताउँदै चाँडै निष्कर्षमा पुगिने बताउँछन् ।

 

सेनामाथि अनुसन्धान जारी

कञ्चनपुर प्रहरीका एक अधिकारीले निर्मलाको ‘स्पाइनल कर्ड’ भाँच्चिएर ज्यान गएको बताउँदै घटनामा ‘प्रोफेसनल’ व्यक्ति संलग्न भएको हुनसक्ने आशंका व्यक्त गरे ।

 

सोही आशंका निर्मलाको हत्या भएको दिन घटनास्थल नजिकै रहेको सेनाको ब्यारेकबाट निस्किएका अधिकारीहरुमाथि पनि छानबिन भइरहेको छ ।

 

त्यसदिन ब्यारेकबाट निस्किएका अधिकारीहरुको कल डिटेल रेकर्ड (सीडीआर) हेर्ने काम भइरहेको ती अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...