योगेश भट्टराईलाई फेरी धोका, संसदीय सुनुवाई समितिको सभापति कर्ण



हाम्रो इकोनोमि

 

 

संसदीय सुनुवाई विशेष समितिमा ज्येष्ठ सदस्यको भूमिका निभाइरहेका  लक्ष्मणलाल कर्ण नै सभापति भएका छन् । उनी निर्विरोध सभापति चयन भए । संसदीय सुनुवाई विशेष समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो ।

 

सभापतिमा राजपाबाट सांसद रहेका कर्णको मात्र उम्मेदवारी पर्‍यो । उनको मात्रै एकल उम्मेदवारी परेपछि निर्विरोध सभापति भए । यसअघि सभापति चयन नहुँदा ज्येष्ठ सदस्यको हैसियतले कर्णले नै बैठकको अध्यक्षता गर्दै आएका थिए ।

 

उनले अध्यक्षता गर्दा प्रधानन्यायाधीशमा दिपकराज जोशी अस्वीकृत भए भने, ओमप्रकाश मिश्र स्वीकृत भए । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त समेत उनी सभापति बन्नु पहिले नै अनुमोदन भएको छ ।

 

संसदीय सुनुवाई विशेष समितिको सभापति नेकपाका सांसद योगेश भट्टराई हुने चर्चा पनि थियो । दिपकराज जोशीलाई अस्वीकृत गर्न भट्टराइले नै प्रमाण जुटाएको र उनी नै सभापति हुने भनि प्रचार भएको हो ।

 

तर, अन्तनः उनले उम्मेदवारी दिएनन् । सभापति बनेका कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । समितिले आफूलाई निर्विरोध चयन गरेको उल्लेख गर्दै उनले समितिका सबै निर्णयहरु पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास लिए ।

 

बैठकमा समितिका सदस्यहरुले  सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रुपमा अघि बढाउने विश्वास गरे । समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समितिको कामलाई उदाहरणीय रुपमा अघि बढाउन सभापति कर्ण सक्षम हुने विश्वास व्यक्त गरे । कर्ण कानुनका जानकार हुन् ।

 

यस्तै, समिति सदस्य पूर्णकुमारी सुवेदीले पनि सभापतिमा निर्विरोध कर्ण समक्ष र योग्य रहेको उल्लेख गर्दै समितिको आफ्नो कार्य सम्पादन परिपक्व ढंगले अघि बढ्ने विश्वास लिइन् । संसदमा सार्वजनिक लेखा समिति प्रमुख विपक्षीले पाउने व्यवस्था छ ।

 

कर्ण सुनुवाई समितिमा आएसँग सत्ताबाहिर रहेका पार्टीलाई मिनि संसदको एउटा नेतृत्व थपिएको छ । यसले दुईवटा संकेत गरेको छ । एउटा, प्रतिपक्षलाई बल पुग्ने । अर्को, राजपा पनि सरकारसँग नजिकिने बहाना हुने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...