ओली र प्रचण्ड मिल्दा नारायणकाजीलाई धोका, माधव नेपाल शंकाको घेरामा



हाम्रो इकोनोमि

 

पार्टी एकीकरणको काम छ, तत्कालका लागि नजाउ कि? नेकपाका नेता नारायाकाजी श्रेष्ठले आफु चीन जानु अघि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई यसरी सोधेका थिए ।  प्रचण्डले श्रेष्ठलाई आश्वस्त पार्दै भनेका थिए ‘हामी पछि  बैठक राखौँला तपाई जानुस्।’
त्यसपछि भदौ २९ गते श्रेष्ठ एउटा टोलीको नेतृत्व गर्दै चीन गए। श्रेष्ठ असोज ५ गते साँझ स्वदेश फर्कदा पार्टीका प्रदेश कमिटी एकीकरण भएर नेतृत्व समेत छनोट भइसकेको थियो। श्रेष्ठ फर्कने दिन बिहान सचिवालयको बैठक बसेर यसको टुंगो लगाइसकेको थियो।
बीचमा सचिवालयको बैठक बस्नु परे चीन भ्रमण रद्ध गर्न तयार भएका श्रेष्ठ स्वदेश फर्केपछि आश्चर्यमा परे। किन भने उनी आउने दिन बिहान बैठक बसेर प्रदेश नेतृत्वको टुंगो लागिसकेको थियो।

आफुलाई धोका भएको महसुस गरेर उनले अध्यक्ष प्रचण्डसंग सिधै गुनासो गरेका थिए। उनले अर्का नेता वामदेव गौतमसँग पनि गुनासो गरेका थिए।

 

स्रोतका अनुसार प्रचण्डले बैठक बसेर दशै अघि नै टुंग्याउनु परेकोले यस्तो भएको भन्दै वरिष्ठ नेता माधव नेपालको सल्लाह र सहमतिमा नेतृत्व टुंगो लगाएको भन्दै श्रेष्ठलाई चित्त बुझाउने प्रयास गरेका थिए।

माधव नेपाल आफ्नैको शंकाको घेरामा

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल यसबेला आफ्नैको शंकाको घेरामा परेका छन् । अध्यक्ष केपी ओलीले आफ्नो समूहमा लाग्ने कार्यकर्ताको उचित ब्यबस्थापन गर्न सकेको तर नेपालले नसकेको भन्दै उनी माथि आफ्नै समूहका नेता तथा कार्यकर्ताको असन्तुष्टि बढेको छ।

 

प्रदेश नेतृत्वको टुंगो लगाउने सचिवालय बैठकमा नबसी बिदेश गएको भन्दै नेपाल पक्षीय नेता तथा कार्यकर्ताले उनी माथि शंका गर्न थालेका छन् ।

नेता नेपाल अफ्रिकामा आयोजना भएको अन्तराष्ट्रिय सेमिनारमा भाग लिन गएका छन् । प्रचण्डले नेपालसँगको सहमतिमा प्रदेश नेतृत्व चयन गरेको जवाफ दिएपछि  उनी आश्चर्यमा परेका छन् ।

 

तर नेपाल निकट एक नेताका अनुसार  प्रदेश कमिटीको नेतृत्व चयन गर्ने बिषयमा नेपालको सहमति लिईएको छैन।

पछिल्ला गतिविधिमा नेपालले आफ्ना कायकर्ताको संरक्षण गर्न नसकेको आरोप समेत ब्यहोर्नु परेको छ। तत्तकालीन एमालेमा रहँदा समेत नेपालले पार्टीको महत्वपूर्ण बैठक छाडेर बिदेश गएको आरोप लागेको छ। विदशबाट आएको सानो ठुलो कुनै पनि प्रकारको कार्यक्रम नछाडेर लोभ गर्ने गरेको आरोप उनीमाथि छ ।

यस अघि तत्कालीन एमालेको केन्द्रीय समितिको बैठकमा कार्य बिभाजन गर्ने बेलामा नेपाल बिदेश भ्रमणमा थिए। त्यसैगरी  तत्कालीन एमालेको प्रदेश कमिटीको कार्य बिभाजनको बेला पनि बिदेशमा थिए। ।

 

उनी  विदेश भएको बेला गरिने निर्णयहरुमा नेपाल पक्षका कार्यकर्ताहरु अन्यायमा पर्ने गरेको टिप्पणी एक नेताले बताए। नेपालसमय

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...