प्रचण्डमाथि बादलको कडा टक्कर, भने लडाई मसंग होइन नारायणकाजीसंग लड्दा राम्रो



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पूर्व माआेवादी खेमाका नेताहरुले प्रदेश कमिटि विस्तार गर्दा मिलाएको भागबन्डाका आधारमा नेकपाका अध्यक्ष प्रचण्डलाई वर्तमान गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले चुनाैति दएका छन् ।

 

नेकपामा पूर्वमाआेवादी खेमाका नताहरुलाई प्रदेशमा नेतृत्व दिने क्रममा बादलले प्रचण्डलाई कडा चुनाैति दिएका छन् । तर अर्का नेता नारायण काजी श्रेष्ठको भने हैरानी अवस्था सिर्जना भएको छ ।

 

प्रदेश कमिटि विस्तार गर्दा प्रचण्ड खेमाका नेताहरु मध्ये जनार्दन शर्मा, हित बहादुर तामाङ, प्रभु शाह, आेनसरी घर्ती, नारायण दाहाल, हितराज पाण्डे र जगप्रशाद शर्मा रहेका छन् भने बादल खेमाका नेताहरु शुरेश कुमार राई, शावीत्रीकुमार काफ्ले, लक्ष्मणदत्त जोशी, नेपबहादुर चाैधरी र मायाप्रशाद शर्मा रहेक छन् । तर, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को खेमाका भने एक जना विश्वनाथ शाह मात्रै रहेका छन् ।

 

यस्तै, गृहमन्त्रीको कामकाजप्रति असन्तुष्ट रहेका प्रचण्डले बादललाई बर्खास्त गर्न प्रधानमन्त्री आेलीलाई दिएको समर्थन अब टाउको दुखाइको विषय बनेको छ । पार्टीमा गृहमन्त्री बादल बलियो रुपमा उदाएपछि प्रचण्डले बादललाई कसरी ह्याण्डल गर्छन त्यो भने रोचक हुनेछ ।

 

स्रोतका अनुसार बादलले प्रचण्डलाई कमिटि विस्तार मार्फत नै एक खाले सन्देश दिइसकेकाले उनको कार्यकाल भर प्रचण्ड नकारात्मक नहुने वातावरणको सिर्जना भएको समेत जनाइन्छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...