प्रचण्डलाई नोबेल शान्ति पुरस्कारको लागि नेकपाले किन गरेन सिफारिस



हाम्रो इकोनोमि

 

 

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँ जानुअघि माओवादी गुटका नेकपाका नेताहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नोबेल शान्ति पुरस्कारका लागि योग्य रहेका र त्यसका लागि सिफारिस गरिदिन आग्रह गरेका थिए ।

 

शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियाका सबै चरण पार गरेर आम निर्वाचनसहित संघीय संरचनाको नेपाल निर्माणमा उनको भुमिका महत्वपूर्ण रहेको भन्दै उनलाई उक्त पुरस्कारका लागि  सिफारिस गरिनु पर्ने माओवादी गुटका नेताहरुको तर्क थियो ।

 

तर, नेकपाका नेताहरुको यस्तो आग्रहलाई केपी ओलीले संयुक्त राष्ट्र संघको महासभामा  छलफलका रूपमा अघि बढाउलान् वा नबढाउलान् ? भन्ने प्रश्नले समाजिक सञ्जाल गर्माएको छ ।

 

द्धन्द्धकालका बेला अमेरिकाको नजरमा आतंककारी रहेका उनलाई नोबेल शान्ति पुरस्कारका निम्ति सिफारिस गरिनु सरकारकै बेइज्जत हुने भन्दै नेकपाका कतिपय नेताहरुले नै नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिने कुराको विरोध समेत गरिरहेका छन् ।

 

ठिक यही समयमा गोरखा फुजेलकी गंगामाया अधिकारीले समेत आफ्नो छोराको हत्यारा पत्ता लगाएर कारवाहीको माग गर्दै अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छन् । उनका छोरा कृष्णप्रसाद अधिकारी द्धन्द्धकालमा मारिएका थिए ।

 

कृष्णप्रसाद अधिकारीको मृत्युका बेला युद्धको नेतृत्व तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले गरेका थिए ।

 

गंगामायाका पति नन्दप्रसाद अधिकारी छोराको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै अनसनमा बसेका बेला अनसनकै क्रममा तीन वर्ष मृत्यु भएको थियो ।

 

नेकपा सचेतक देव गुरुङलार्इ टार्गेट गरी सदनमै दियो यस्तो चेतावनी

 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायाधीश दीपकराज जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर सदनमै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई सचेत गराएको छ । काँग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न समेत सत्तारुढलाई चेतावनी दिएको छ।

 

आइतबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेसका सांसद राधेश्याम अधिकारीले महाभियोगलाई सामान्य अवस्थामा प्रयोग गर्ने अश्त्रको रुपमा लिन नहुने पनि स्पष्ट पारे ।उनले न्यायाधीश जोशीमाथि महाभियोग लगाउन सत्तारुढ नेकपाका सचेतक देव गुरुङकाे अगुवाइमा सांसदहरुले गोप्य रुपमा हस्ताक्षर अभियान संचालन गरिरहेको चर्चा भईरहेका बेला त्यसो गर्नु गल्ती हुने भन्दै पुन: सचेत गराए।

 

जोशीलाई राजीनामा नदिए महाभियोग लगाउँछौं भन्ने खालको धम्की दिइएको भन्दै आफूहरुलाई सैह्य नहुने चेतावनी पनि दिए । काँग्रेस सांसद अधिकारीले न्यायालयलाई अमुक पार्टीको शाखा कार्यालय बनाउन नदिने दृढता पनि व्यक्त गरे । वस्तुगत आधार विनानै सत्तारुढ नेकपाले महाभियोग लगाउन खोज्नु नै गलत भएको सांसद अधिकारीको दावी छ ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...