यी हुन् भेडाको कथा सुनाउँदै समय कटाउने नेकपाका सांसद



हाम्रो इकोनोमि

 

आइतबार बसेको राष्ट्रियसभा बैठकमा अरिङ्गालको नाम लिँदै भेडाको कथा सुन्न पाइयो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेमाथि अरिङ्गाल जस्तै आक्रमण गर्न आफ्ना कार्यकर्तालाई दिएको निर्देशनपछि अरिङ्गालको खुबै चर्चा गर्ने गरेको छ ।

आइतबार बसेको राष्ट्रियसभाको  बैठकमा समेत अरिङ्गालको नाम सुन्न पाइयो । ओलीकै पार्टी नेकपाका सांसद रामनारायण बिडारीले अरिङ्गाल नाम लिँदै भेडाको कथा सुनाए ।

 

बिडारीले संविधानलाई जलाउने, ढुंगाले हान्नेविरुद्ध जनता अरिङ्गाल भएर जाइलाग्ने बताए । अरिङ्गाललाई ढुंगाले हान्यो भने एकैचोटि हमला गर्ने भन्दै बिडारीले संविधानलाई जलाउने, ढुंगाले हान्ने काम भयो भने जनता अरिङ्गाल भएर आउने बताए ।

 

भेडाको प्रसंगमा उनले भेडाको खुट्टा काट्यो भने नकराउने । तर, उफ्रिने र छटपटिने भेडाको स्वभाव रहेको भन्दै उसको अगाडि लौरो तेर्स्यायो भने बुर्लुक्क उफ्रिएर लौरो नाघेर जाने बताए ।

 

अनि लौरो थुतिदियो भने त्यो भन्दा पछाडिको भेडो पनि त्यसैगरी उफ्रिएर जाने तर, त्यहाँँ लौरो नहुने भन्दै बिडारीले आफुहरुले आफ्नो कार्यकर्ता भेडा जस्तो बनाउन नचाहेको बताए । आफुहरुले अरिङ्गाल र मौरी जस्तो पार्टी बनाउन चाहेको भन्दै आइलाग्नेमाथि जाइलाग्ने नीति आफुहरुको हुने बताए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...