बच्चा जन्माउने त्यसै छोडने भन्दै मुख्य मन्त्री राउतले काव प्रधानमन्त्री पोखरेललाई दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले संघीय सरकारको असहयोगका कारण सोचेअनुसार काम गर्न नसकेको बताएका छन् ।

 

भर्खर जन्मेको बच्चालाई आमाबाबुले बढी स्याहार गर्नुपर्नेमा कसरी असफल बनाउने भन्नेमा लागेको उनको आरोप छ । ‘भर्खर जन्मेको बच्चालाई बढी स्याहार गर्नुपर्ने हो, प्रदेश सरकारलाई संघीय सकारले त नचाहेर जन्मेको बच्चालाई जस्तो व्यवहार गरिरहेको छ’ मुख्यमन्त्री राउतले भनेका छन् ।

 

संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले संघीय सरकारले कर्मचारी समेत नदिएको गुनासो गरे । ‘आम जनतालाई प्रदेश सरकार सञ्चालन बन्यो, गाडी घोडा अगाडी पछाडि देखिन्छ ।

 

तर, आवश्यकता अनुसार कर्मचारी दिएका छैनन्’ मुख्यमन्त्री राउतले भने, ‘दिएका पनि काठमाडौंमा थर्ड क्लास भनिएका कर्मचारी प्रदेशलाई पठाइएको छ । उनीहरुलाई कसरी काम गर्ने भन्ने बारेमा पनि जानकारी छैन ।’

 

प्रदेश सरकारले २९ अर्ब ७८ करोडको बजेट ल्याएपछि कर्मचारी अभावमा कार्यान्वयन हुन नसकेको उनले बताए ।

 

‘बजेट कार्यान्वयन गर्ने मेकानिजम चाहिन्छ, कार्यालय र कर्मचारी चाहिन्छ । त्यो दिएका छैनन्् । ५० प्रतिशत भन्दा कम कर्मचारी प्रदेशमा खटिएका छन्’ उनले भने ।

 

प्रधानमन्त्रीलाई भेटेर जिल्लाको संरचना प्रदेशलाई हस्तान्तरण गरिदिनुस् भन्दा सुनुवाई नभएको उनले बताए ।

 

‘२५ सयदेखि ३ हजार कर्मचारी आवश्यक छ, सिंचाईको डीई, कृषि कार्यालयमा केही अधिकारी आएका छन्, कर्मचारी नआएसम्म कसरी बजेट परिचालन गर्ने त ?’ उनले भने, ‘प्रदेश सरकारको काम तलब भत्ता खाने, गाडीमा घुम्ने मात्रै हो भन्ने जस्तो भान जनमानसमा पार्ने र असफल बढाउने षडयन्त्र त भइरहेको छैन ?’

 

विभिन्न असहयोगका वावजुद प्रदेश सरकार आफ्नै सपना बोकेर अघि बढिरहेको उनले बताए । ‘प्रदेश सरकारको भिजन, सपना नभएको होइन, सपना लिएरै अगाडि बढेका छौं’ उनले

 

भनेका छन्, ‘सडक, पुल मात्रै बनेर विकास हुँदैन, समाजको रुपान्तरण नभएसम्म पूर्वाधार विकासले अर्थ राख्दैन । समाज रुपान्तरणका लागि शिक्षा आवश्यक पर्छ । प्रदेश सरकार यसमा गम्भीर छ ।’

 

छोरीहरुको शिक्षामा जोड दिनकै लागि बेटी पढाऊ, बेटी बचाऊ अभियान ल्याएको बताउँदै उनले बालिका विमा कार्यक्रम समेतसँगै अघि बढाउने उदघोष गरे ।

 

‘हाम्रो समाजमा छोराका लागि घर जग्गा बेचेरै पढाउँछन्, तर छोरीलाई त्यसो गरिँदैन’ उनले भने, ‘सामुदायिक विद्यालयमा पढ्ने ९/१० मा पढ्ने, टाढा टाढाबाट विद्यालय आउने गरिब, दलित समुदायका ४ हजार छात्रालाई साइकल वितरण गर्ने तयारी भइसकेको छ ।

 

५ वर्ष भन्दा कम उमेरका दलित, मुस्लिम, गरिब समुदायका ५ हजार बालिकाको विमा गर्ने लक्ष्य छ ।’

प्रतिक्रिया दिनुहोस
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि...

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

  शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको...

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

     स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...