पोर्न साइट बन्द गर्ने कुराले मुख्यमन्त्री गुरुङ र बाँस्कोटाबीच भनाभन, गुरुङले सरकारलाई दिए यस्तो चेतावनी !



हाम्रो इकोनोमि

 

सरकारले नेपालमा बलात्कार तथा महिला हिंसा बढाउनमा एडल्ट फिल्म ‘पोर्न’को भुमुका रहेको भन्दै यस्ता वेबसाइट बन्द गर्न भन्दै दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएको छ । प्राधिकरण नेपालमा इन्टरनेट र दूरसञ्चार सेवा प्रदायकको नियमनकारी निकाय हो ।

 

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘पोर्न साइट’ बन्द गराउने भन्दै यो निर्देशन दिए लगत्तै गण्डकी प्रदेशमा प्रमुख पृथ्वी सुब्बा गुरुङले यसको चर्को विरोध गरेका छन् ।

 

विश्वका धेरै मुलुकहरु याैनको मामलामा खुल्ला बहसमा उत्रेका बेला यसरी साँघुरो सोच राखेर अगाडी बढ्नाले समाजमा झनै विकृति बढेर जाने उनको दावी रहेको छ ।

 

होटल संघ नेपालले भदाैको २६ गत पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौनधन्दामा अहिले जे भइरहेको छ, त्यसलाई यत्तिकै छाड्न नमिल्ने जनाउदै रेड लाइट एरिया खोलेर डाडाभरी रिसोर्ट खोल्नेबारे छलफल सुरु गर्ने जनाएका थिए ।

 

उनले रेड लाइट एएरियालाई व्यवस्थित पार्न ठाउँ तोकेर कार्ड उपलब्ध गराउन सकिने र प्रहरीले छापा मार्न आउँदा त्यही कार्ड देखाएपछि सवै कुरा कानुनी दायरामा भएको मानिने छ भनेका हुन् ।

 

सरकालाई कर पनि तिर्छ’ मुख्यमन्त्री गुरुङले भने, ‘हामीले यस्तो कामलाई व्यवस्थित गर्न नसक्ने तर त्यो काम गरिराख्ने । यसले कसैलाई फाइदा पुग्दैन ।’

 

गाउँपालिका अध्यक्ष घोडा सरर, अगाडी पछाडी जनता र सुरक्षाकर्मी लस्करै पैदल

 

रोल्पा जिल्ला सुकिदह गाउँपालिकाका अध्यक्ष बीरबहादुर केसीको एउटा फोटोले अहिले सामाजिक संजाल फेसबुक देखि अन्य माध्यम बेस्सरी तातेको छ । केसीलाई अहिले सामन्तवादी सोचका नेता भएको भन्दै चाैतर्फी विरोध सुरु भएको छ ।

 

तीन सय जति मानिसलाई अगाडी पछाडी लगायर आफू भने घोडामा सवार भएर बाँकी सवैलाई सडकमा हिडाएपछि उनलाई पञ्चेको शैली अपनाएको भन्दै निरङकुश शासकको संज्ञा दिइएको छ ।

 

केसीले मोटर बाटो पुगेको स्थानमा घोडा चढेर सर्वसाधारणलाई मात्र पछाडी हिडाएका छैनन् । उनले सुरक्षाकर्मीलाई समेत बाटोमा हिडाएर आफू भने घोडामा सवार भएका हुन् ।

 

गाडी संचालन हुने बाटोमा समेत अध्यक्ष केसी घोडामा चढेर जनता लगायत सुरक्षाकर्मीलाई समेत हिडाएर ताण्डप देखाउँदै नाङगो नृत्य नाचेको भन्दै व्यापक विरोध सुरु भएको हो ।

 

केसी रोल्पामा विवादीत नेताका रुपमा चिनिने समेत जनाइन्छ । केहि समय पहिले उनीसंग दुई नागरिकता छन भनि उजुरी परेको र उर्जामन्त्री बर्षमान पुनको ठाडो निर्देशनमा तत्कालिन प्रमुख जिल्ला अधिकारी डिजन भट्टराई गृहमन्त्रालयमा सरुवा भएको समेत स्रोतले जनाएको छ । केसी मन्त्री पुनका खास मान्छेका रुपमा समेत चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...