कोमल वलीलाई दसैंको टिकटको चिन्ता



हाम्रो इकोनोमि

 राष्ट्रिय सभा सदस्य कोमल वलीले सवारी सधानको भाडा हचुवाको भरमा बढाएको बताएकी छन्। उनले वैज्ञानिक भाडादर निर्धारण गर्न समेत राष्ट्रिय सभाको बैठकमा माग गरिन्। उनले दसैंको टिकटमा समेत कालो बजारी भएको भन्दै आपत्ति जनाइन्।

 

‘आज भोलीबाटै टिकट खुल्ने कुरा आएको छ’, उनले भनिन्,  ‘टिकट खुलेकै दिन सकिने अनी लुकाउने र ब्ल्याकमा बिक्रि गरेको पाइन्छ।’

 

विद्यार्थीदेखि सबैलाई सहज रुपमा टिकट पाउने व्यवस्था गर्न उनले माग गरिन्। सवारी साधन थप गरेर भएपनि यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउनु पर्ने उनको धारणा छ।

 

विद्यालयमा रहेका बसलाई प्रयोग गरेर पनि आवागमनमा सहजता गराउन उनले आग्रह गरिन्। ‘हवाई सेवा पनि चुस्त गराउनु पर्छ’, उनले भनिन्, ‘नेपाल एयर लाइन्सले यस विषयमा ध्यान दिओस्।’ नीजि वायु सेवाले पनि सबैलाई सहज रुपमा टिकट पाउने व्यवस्था मिलाउनु उनले अनुरोध गरिन्।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...