दशैंको मुखमा गाडी भाडा बढ्यो, दशैंमा घर फर्किनेलाई सास्ती



हाम्रो इकोनोमि

 

सरकार र यातायात व्यवसायीबीच दशैंको टिकट खुलाउने निर्णयसँगै १० प्रतिशत भाडा बढाउने सहमति भएको छ ।

सार्वजनिक यातायातमा आजैदेखि लागू हुने गरी भाडा वृद्धि भएको हो ।
दशैंको मुखमै भाडा बढेपछि काम विशेषले राजधानीमा रहेर दशैंमा घर फर्किनेहरुमा बढी मार पर्ने भएको छ ।

गत ३१ भाद्रमा यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ताका प्रतिनिधि, सुरक्षा निकाय समेतका प्रतिनिधि सम्मिलित बैठकमा महासंघले ५ असोज देखि दशैंका लागि अग्रीम बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।

तर बुकिङ खुल्ला गर्नु भन्दा अगाडि नै आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेकाले सरकारले मुल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै बुकिङ रोकेको थियो ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव मधुसुदन अधिकारीको उपस्थितिमा भएको बैठकमा १० प्रतिशत भाडा बढाउने भएसँगै महासंघले टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

तत्कालीन यातायात व्यवसायी संघ समितिहरुको रोक्का रहेका बैंक खाताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरुका भुक्तानी छिटो गर्ने व्यवस्था मिलाउनका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...