दशैंको मुखमा गाडी भाडा बढ्यो, दशैंमा घर फर्किनेलाई सास्ती



हाम्रो इकोनोमि

 

सरकार र यातायात व्यवसायीबीच दशैंको टिकट खुलाउने निर्णयसँगै १० प्रतिशत भाडा बढाउने सहमति भएको छ ।

सार्वजनिक यातायातमा आजैदेखि लागू हुने गरी भाडा वृद्धि भएको हो ।
दशैंको मुखमै भाडा बढेपछि काम विशेषले राजधानीमा रहेर दशैंमा घर फर्किनेहरुमा बढी मार पर्ने भएको छ ।

गत ३१ भाद्रमा यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ताका प्रतिनिधि, सुरक्षा निकाय समेतका प्रतिनिधि सम्मिलित बैठकमा महासंघले ५ असोज देखि दशैंका लागि अग्रीम बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।

तर बुकिङ खुल्ला गर्नु भन्दा अगाडि नै आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेकाले सरकारले मुल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै बुकिङ रोकेको थियो ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव मधुसुदन अधिकारीको उपस्थितिमा भएको बैठकमा १० प्रतिशत भाडा बढाउने भएसँगै महासंघले टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

तत्कालीन यातायात व्यवसायी संघ समितिहरुको रोक्का रहेका बैंक खाताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरुका भुक्तानी छिटो गर्ने व्यवस्था मिलाउनका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...