शशांकले अबको कांग्रेस नेतृत्व कोइराला परिवारबाट हुन्छ भन्दा देउवालाई चिन्ता



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुने दावी गरेका छन् । कार्यकर्ताको माया र चाहनाअनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनले बताए ।

रुपन्देहीको बुटवलमा आइतबार आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले भने, ‘शेखर दा, म र सुजातामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’ शशांकले अबको कांग्रेस नेतृत्व कोइराला परिवारबाट हुन्छ भन्दा यता देउवालाई चिन्ता पर्न थालेको छ । आफूनिकट ब्यक्तिहरुसँग उनले आगामी महादिबेशनबाट फेरी सभापति हुने ईच्छा रहेको बताउने गरेका छन् ।

देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहामा थाहा पाएको उनले सुनाए ।

कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ विधान पारित गरिने समेत बताए । कम्तिमा आउँदो ३० वर्षका लागि विधान बनाउने उनले प्रष्ट पारे ।

चार वर्ष पछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको विश्वास छ । उनले पार्टी सभापतिको अधिकार पनि विकेन्दि्रत गर्नुपर्ने धारणा राखे । ‘कांग्रेस विवादमा अल्झने अवस्था छैन, अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘सभापतिको अधिकार पनि विकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ, तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाउँ र प्रदेशमा अधिकार दिनुपर्छ ।’

वर्तमान सरकार संघीयताको मर्म विपरित चलिरहेको उनले आरोप लगाए । ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्दि्रकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन,’ डा. कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...