ओलीलाई माधव नेपालको सुझाव– धेरै सुन्नू, थोरै बोल्नू



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

 

कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए ।

 

अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो’, नेता नेपालले प्रधानमन्त्रीलाई सुझाव दिँदै भने, ‘त्यसैले धेरै सुन्नू, थोरै बोल्नू ।’

 

सरकार सञ्चालनबारे पार्टीमा छलफल नगरिएकोप्रति पनि नेता नेपालले असन्तुष्टि जनाए । सरकार सञ्चालनबारे अनुभव भएका नेता भए पनि त्यो अनुभव ग्रहण गर्न प्रधानमन्त्री ओलीले ध्यान नदिएको नेता नेपालको भनाइ छ ।

 

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका नेता नेपालले सरकारको भने बचाउ गरे । सरकारको काम–कारबाहीलाई लिएर आलोचना भइरहेका बेला नेता नेपालले सरकारको समीक्षा गर्ने बेला भइनसकेको बताए ।

 

‘सरकारको समीक्षा गरिहाल्ने बेला भएको छैन’, नेता नेपालले अगाडि थपे, ‘मलाई विश्वास छ, केही समयपछि सरकारले देखिने रिजल्ट निकाल्ने छ ।’

 

फरक प्रसंगमा नेता नेपालले दुई पार्टीबीचको एकता लामो छलफलपछि भएकाले मजबुत रहेको दाबी उनले गर्न भ्याए ।

 

कति वर्षसम्म सक्रिय राजनीति गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा नेता नेपालले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट विश्राम लिने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...