इरानको सैन्य परेडमा हमला, २४ को मृत्यु



हाम्रो इकोनोमि

 

इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमका अनुसार आक्रमणमा सर्वसाधारण पनि मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

मारिनेमा आधा भन्दा बढी इरानको रिभोल्यूशनरी गार्डसका सदस्य छन् । मारिएका अन्य सर्वसाधारण सैन्य परेड हेर्न गएका थिए ।

इरानको समाचार एजेन्सी फार्सका अनुसार आक्रमण स्थानीय समयअनुसार बिहान ९ बजे भएको थियो र करिब १० मिनेटसम्म गोली चलेको थियो । आक्रमणमा चार जना संलग्न रहेको अनुमान छ ।

आक्रमणकारीले मञ्चमा आसिन सैन्य अधिकारीहरुलाई निशाना बनाउने कोसिस गरेका थिए । हतियारधारी समूहले परेडका लागि बनाइएको मञ्च नजिकैको पार्कबाट गोली चलाएका थिए । आत्मरक्षाको क्रममा दुई जना आक्रमणकारी पनि मारिएका समाचारमा जनाइएको छ ।

यो सैन्य परेड इरान-इराक युद्धको शुरुआतको ३० औं वर्षगाँठको सम्झनामा आयोजना गरिएको थियो । इरानको रिभोल्यूशनरी गार्डसका प्रवक्ताका अनुसार यो आक्रमणमा सुन्नी अलगाववादीको संलग्नता छ ।

यद्यपि आक्रमणको जिम्मा सरकार विरोधी समूहहरु अरब ग्रुप, अहवान नेशनल रेसिस्टेन्स र आईएस इस्लामिक स्टेट लगायतले पनि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...