चिकित्सककाे यस्ताे चरम लापरवाही : ‘मृत घोषणा गरिएका बालक जिवितै भेटिए’, अस्पताल तनावग्रस्त



हाम्रो इकोनोमि

 

 

सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले शुक्रबार राति मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएपछि उक्त ,अस्पताल तनावग्रस्त बनेको छ।

 

आक्रोशित आफन्तहरुले दिउँसो १:३० बजेतिर अस्पतालको शव गृह तोडेर हेर्दा बच्चा जिवितै फेला पारेपछि स्थिति तनावग्रस्त बनेको हो।

 

अहिले बालकलाई उपचारका लागि सिराहाको चोहरवास्थित सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको छ। आफन्तहरुले संलग्न चिकित्सकलाई कारवाही माग गर्दै शव गृह र आकस्मिक कक्षमा तोडफोड गरेका छन्। सयौंको संख्यामा आफन्त र स्थानीयले अस्पताल घेराउ गरेका छन्।

 

रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोकेपछि शुक्रबार साँझ अस्पताल लगिएको थियो।

 

अस्पताल पुगे लगत्तै चिकित्सकले बालकलाई मृत घोषणा गरेर शव गृहमा राखेका थिए।आफन्तले शनिबार बिहान ‘शव’ हेर्न दिनुपर्ने माग गरे पनि अस्पतालले हेर्न दिएको थिएन।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...