देउवाको पद धरापमा परेपछि पदाधिकारी बढ्ने, विधान संशोधन मस्यौदामा केके छ ?



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको पदाधिकारी बढ्ने भएको छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा पदाधिकारी बढाउन प्रस्ताव गरिएको छ ।

 

मस्यौदामाथि सुझाव संकलनका लागि पर्सिदेखि देशका १२ स्थानमा छलफल कार्यक्रम राखिएको छ । ‘दफावार सुझाव लिन्छौं र १४ गतेभित्र राजधानी फर्कन्छौं ।

 

प्राप्त सुझावलाई समेटेर अन्तिम मस्यौदा तयारीमा जुट्छौं’ शनिबार पत्रकार सम्मेलन गरी मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले भने, यसबीचमा पार्टी नेतृत्वसँग पनि छलफल गर्छौं ।’

 

मस्यौदा समितिमा पदाधिकारीको संख्या बढाउने सहमति जुटेको छ । उपसभापति र सहमहामन्त्री थप्ने सहमति भएपनि संख्यामा वैकल्पिक प्रस्तावहरू पनि रहेको एक सदस्यले जानकारी दिए ।

 

स्रोतका अनुसार  उपसभापति दुई वा तीन बनाउने विकल्प छ । उपसभापति तीन राख्न प्रस्ताव गर्नेहरुले सहमहामन्त्री पनि तीन नै प्रस्ताव गरेका छन् ।

 

तर, दुई उपसभापति राख्न प्रस्ताव गर्नेहरुले सात प्रदेश हेर्ने गरी सात सहमहामन्त्री राख्ने वैकल्पिक प्रस्ताव अघि सारेका छन् ।

 

पदाधिकारीको निर्वाचन प्रणालीमा तीन वटा प्रस्ताव छ । पार्टी सभापति शेरबहादुर पक्षीय नेताहरुले सबै सभापतिले मनोनित गर्ने र केन्द्रीय समितिलाई जानकारी मात्र दिने प्रस्ताव गरेका छन् ।

 

वैकल्पिक प्रस्तावमा ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत मनोनित वा सबै निर्वाचित हुनु पर्ने प्रस्ताव अघि सारिएको छ ।  उनीहरुले संसदीय समिति र अनुशासन समिति पनि निर्वाचनबाटै बनाउन प्रस्ताव गरेका छन् ।

 

हाल ६ पदाधिकारीमध्ये सभापति, महामन्त्री र कोषाध्यक्ष महाधिवेशनबाटै निर्वाचित हुन्छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीले सभापतिले प्रस्ताव गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

 

विधान संशोधन मस्यौदामा केन्द्रीय कार्यसमितिमा १०१ वा १३१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...