विकास र समृद्धिका लागि क्षेत्रको पहिचान आवश्यक, रक्षामन्त्री



हाम्रो इकोनोमि

 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ लैजानका लागि क्षेत्रको पहिचान आवश्यक रहेको बताउनुभएको छ ।

 

वौद्धिक वृत नेपालको आज यहाँ आयोजित आठौँ साधारणसभा तथा वौद्धिक दर्पण सार्वजनिक कार्यक्रममा उहाँले मुलुक विकास र समृद्धितर्फ अघि बढाउनका लागि वौद्धिक व्यक्तित्वले त्यस्ता क्षेत्रको पहिचान गर्नुपर्ने बताउनुभयो । समृद्धिको नारा दिएर मात्र नभएर ठोस नीति आवश्यक रहेको उहाँको धारणा थियो ।

 

कृषि, ऊर्जा, पर्यटन उद्योगजस्ता क्षेत्र पहिचान गरेर मुलुकको आर्थिक विकास र समृद्धिमा लैजान सकिने उहाँको भनाइ थियो । मन्त्री पोखरेलले राजनीतिक अधिकार प्राप्त भइसकेकाले अब अधिकार प्राप्तिका लागि लडाइँ लड्नु नपर्ने विचार व्यक्त गर्नुभयो ।

 

“अब राजनीतिक अधिकार प्राप्तिका लागि पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारीजस्तै भूमिगत भएर काम गर्नु आवश्यक छैन”, उहाँले भन्नुभयो–“हिजो जेल हालेको, भूमिगत बसेको भनेर कथा हालेर राजनीतिक चल्दैन । अहिले देशलाई आर्थिक विकास र समृद्धि चाहिएको छ ।”

 

उहाँले आर्थिक विकास र समृद्धिमा लैजानका लागि नीति, विधि, संरचनाको परिमार्जन आवश्यक रहेको छ भन्नुभयो ।
उहाँले नेता पनि आचरणमा बाँधिनुपर्ने भन्दै राजनीतिक नेतृत्वलाई के बोलेको र

 

घोषणापत्रअनुसार काम गरे÷नगरेको वौद्धिक व्यक्तित्वले सचेत गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वृत्त नेपालद्वारा प्रकाशित पुस्तक ‘वौद्धिक दर्पण’ समेत मन्त्री पोखरेलले विमोचन गर्नुभएको थियो । पुस्तकमा नेपालको आर्थिक विकास र समृद्धि कसरी गर्ने भन्ने सम्बन्धमा १९ लेख रहेका छन् ।

 

वृत्त नेपालका अध्यक्ष भरतराज पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धि ल्याउनका लागि वौद्धिक व्यक्तिसँग सरकारले छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...