विकास र समृद्धिका लागि क्षेत्रको पहिचान आवश्यक, रक्षामन्त्री



हाम्रो इकोनोमि

 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ लैजानका लागि क्षेत्रको पहिचान आवश्यक रहेको बताउनुभएको छ ।

 

वौद्धिक वृत नेपालको आज यहाँ आयोजित आठौँ साधारणसभा तथा वौद्धिक दर्पण सार्वजनिक कार्यक्रममा उहाँले मुलुक विकास र समृद्धितर्फ अघि बढाउनका लागि वौद्धिक व्यक्तित्वले त्यस्ता क्षेत्रको पहिचान गर्नुपर्ने बताउनुभयो । समृद्धिको नारा दिएर मात्र नभएर ठोस नीति आवश्यक रहेको उहाँको धारणा थियो ।

 

कृषि, ऊर्जा, पर्यटन उद्योगजस्ता क्षेत्र पहिचान गरेर मुलुकको आर्थिक विकास र समृद्धिमा लैजान सकिने उहाँको भनाइ थियो । मन्त्री पोखरेलले राजनीतिक अधिकार प्राप्त भइसकेकाले अब अधिकार प्राप्तिका लागि लडाइँ लड्नु नपर्ने विचार व्यक्त गर्नुभयो ।

 

“अब राजनीतिक अधिकार प्राप्तिका लागि पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारीजस्तै भूमिगत भएर काम गर्नु आवश्यक छैन”, उहाँले भन्नुभयो–“हिजो जेल हालेको, भूमिगत बसेको भनेर कथा हालेर राजनीतिक चल्दैन । अहिले देशलाई आर्थिक विकास र समृद्धि चाहिएको छ ।”

 

उहाँले आर्थिक विकास र समृद्धिमा लैजानका लागि नीति, विधि, संरचनाको परिमार्जन आवश्यक रहेको छ भन्नुभयो ।
उहाँले नेता पनि आचरणमा बाँधिनुपर्ने भन्दै राजनीतिक नेतृत्वलाई के बोलेको र

 

घोषणापत्रअनुसार काम गरे÷नगरेको वौद्धिक व्यक्तित्वले सचेत गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वृत्त नेपालद्वारा प्रकाशित पुस्तक ‘वौद्धिक दर्पण’ समेत मन्त्री पोखरेलले विमोचन गर्नुभएको थियो । पुस्तकमा नेपालको आर्थिक विकास र समृद्धि कसरी गर्ने भन्ने सम्बन्धमा १९ लेख रहेका छन् ।

 

वृत्त नेपालका अध्यक्ष भरतराज पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धि ल्याउनका लागि वौद्धिक व्यक्तिसँग सरकारले छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...