निर्मला पन्तको पोष्टमार्टम रिपोर्ट बाहिरियो, बम दिदीबहिनीकै घरमा यसरी भएछ हत्या



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्या साउन १० गते नै साँझ करिव ५ बजेतिर भएको रहस्य खुलेको छ । हत्या भएको भोलीपल्ट अर्थात साउन ११ गते विहान मात्र उनको शव उखुबारीमा भेटिएको थियो ।

 

११ गते नै गरिएको पोष्टमार्टमको रिपोर्ट अनुसार उनको हत्या २४ देखि २६ घण्टा अगाडीको विचमा भएको देखिएको हो ।

 

निर्मलाको पोष्टमार्टम ११ गते साँझ ५ बजे गरिएको थियो । साथै उनको हत्या ‘घाँटी अठ्याएर’ गरेको भन्ने रिपोर्टमा उल्लेख गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । रिपोर्टमा उनको घाँटीको कर्ड भाँचिएको देखिएको छ भने शरीरका अन्य भागमा चोटपटक छैन । तर, बाया आँखामा भने नीलडाम देखिएको छ ।

 

पोस्टमार्टम गर्दा योनिबाट रगतजस्तो वस्तु बगिरहेको चिकित्सकले रिपोर्टमा उल्लेख गरेका छन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सबैसग अहिले सोधपुछ तथा डिएनए परिक्षणको कार्य अगाडी बढाईरहेको छ ।

 

उच्च स्रोतका अनुसार घटनास्थलबाट करिव ३ किलोमिटर टाढा रहेको सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि समेत प्राविधिक रूपमा अनुसन्धान केन्द्रित गरेको छ । तर, कसैलाई पनि बयानका लागि वा थप अनुसन्धानका लागि पत्र नकाटिएको बताइएको छ ।

 

निर्मलाको हत्या बम दिदीबहिनीकै घरमा, भयो ठुलो खुलासा !

 

निर्माला पन्तको हत्या बम दिदीबहिनीकै घरमा भएको अनुमान गरिएको छ । सर्वत्र यही खालका तर्क र अाशंका व्यक्त भैरहेको बेलामा नेपाल प्रहरीका एक पूर्व अधिकृतले निर्मलाको हत्या बम दिदीबहिनीकै घरमा भएको र त्यसपछि प्रमाण मेटाइएको बताएका छन ।

 

घटनास्थलको प्रकृति र त्यसपछि स्थानीयहरूले दिएको प्रतिक्रिया सबैको संशलेषणा गर्दा पूर्व प्रहरी अधिकृत बिजयकुमार श्रेष्ठले गरेको यो तर्क सत्यको नजिक देखिएको छ । त्यसकरण हामीले श्रेष्ठको तर्क जस्ताको त्यस्तै यहाँ प्रस्तु गरेका छाैँ ।

उनले भनेका छन

 

म हाल कुनै अनुसन्धान अधिकृत होइन । तर कुनै पनि घटनालाई मनोगत रुपमै ८ कोण र तल माथीबाट बिश्लेषण गर्छु । निर्मला पन्त प्रकरणमा हालसम्म देखीएका घटना प्रकृति अनुसार १० गतेका दिन निर्मलाकी आमा अपरान्ह २ बजे र ५ बजे निर्मलालाई खोज्न बबिता बमको घर पुगेको समयमा निर्मलाको जीवित वा मृत शरिर बबिता बमको घरभित्रै थियो ।

 

त्यहाँ जुन दुखद घटना घट्यो, त्यो भुईँ तलाको पछाडी पट्टीको कोठामा घटेको हुनुपर्छ । किनभने पछाडीको कोठाबाट अगाडीको सडकमा आवाजको गुञ्जन पुग्न सक्तैन, पुगिहाले पनि अस्पष्ट हुन्छ ।

 

 

निर्मला पन्तले पासो लगाएर मरेको हो भन्ने पार्न चकमन्न राती २/३ बजे तिर अम्बाको बोटमा झुण्याएको हुनसक्छ । त्यो अम्वाको बोटले झुण्याएको घटनाको याद दिलाइ, समय समयमा तर्साई रहने हुनाले अम्बाको बोट काटेको हुनसक्छ । त्यसपछि आलो लासलाई ३/४ बजेको सुनसान आवतजावतको समय मिलायर उखु बारीमा फालेको हुनुपर्छ ।

 

 

युट्युबमा देखिएको निर्मलाको शरिरको कुनै पनि भागमा फोका, मुसा लगाएतका साना जीवको दाँतको दाग र छाला खुइलिएको तथा निलो दाग देखिएको थिएन । मानिसको बिहानको चहल पहल शुरु हुनुभन्दा अगाडी र स्यालहरुले आफ्नो बासस्थानमा फर्किने

 

समयमा उक्त लास फालेकोले न कुनै मानिसले देख्नसक्यो नत स्यानहरले लुछ्ने समय पायो । यस घटनाका अपराधीसम्म पुग्न घटना क्रमले योजनाकारको रुपमा देखाएका सम्पूर्ण घटनाका जानकार बम दिदी बहिनीबाटै अनुसन्धान टोलीले गन्तब्य फेला पार्नसक्नेछ ।

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....