वामदेव जहाँबाट उम्मेदवार बनेपनि कांग्रेसले हराईदिन्छः विश्वप्रकाश शर्मा



हाम्रो इकोनोमि

 

 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका नेता वामदेव गौतमलाई जहाँबाट उम्मेदवार बनेपनि हराइदिने चेतावनी दिएका छन् ।

 

नेपाल प्रेस युनियन बाँकेले नेपालगञ्जमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वामदेवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जुन सिट खाली गराए पनि कांग्रेस जित्ने दाबी गरे ।

 

गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो निर्वाचन क्षेत्र खाली गराए कांग्रेसलाई निर्वाचनको तयारी गर्न सहज हुने प्रवक्ता शर्माले बताए ।

 

प्रवक्ता शर्माले सरकार गठन भएको ६ महिनामात्रै भएकाले कामको पूर्ण समीक्षा गर्ने बेला आइनसकेको टिप्पणी गरेका छन् । उनले आर्थिक विकास र समृद्धिमा सरकारको अहिले नै आलोचना गर्ने समय नभएको भन्दै शान्ति सुरक्षामा सरकार धेरै चुकेको आरोप लगाएका छन् ।

 

‘दुई तिहाईको साथले मात्र प्रधानमन्त्रीले जनपक्षीय काम गर्न सक्दैनन् त्यसका लागि कार्यक्षमता देखाउन सक्ने टोलीको खाँचो हन्छ’, उनले भने, ‘छोटो अवधिममा सरकार धेरै ठाउँमा चुकेको छ ।’

 

उनले अहिलेसम्मको कामकारबाहीको मूल्यांकन गर्दै सच्चिएर अघि बढ्न कम्युनिस्ट सरकारलाई सुझाव दिए ।

 

संविधान बनेको ४ वर्ष भइसक्दा पनि सबै नेपालीलार्इ अटाउन सरकार उदासीन देखिएको प्रवक्ता शर्माको भनाइ छ । उनले स‌ंविधानमाथिको खतरामा टार्न संविधान जारी गर्ने समयका सहयात्री दलबीच सहकार्य आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...