विपक्षीहरुले पिपिरी बजाएर केही हुनेवाला छैन, महान् उद्देश्यमा प्रतिबद्ध छौँ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

एक साता अघि कार्यकर्ताहरुलाई अरिंगाल जस्तै बन्न निर्देशन दिएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरु कर्मी मौरी जस्तो भएर लाग्न निर्देशन दिएका छन् । आफूले कार्यकर्ताहरुलाई अरिंगाल जस्तै एकताबद्ध हुनुपर्छ भन्दा गलत अर्थ लगाइएको भन्दै प्रधानमन्त्री ओलीले कर्मी मौरी बन्न भनेका हुन् ।

 

 

वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामी एकतावद्ध हुनुपर्छ भनेको तर्सिएर, झस्किएर उधुम नै भइहाल्यो, आज मौरी भन्छु। कर्मी मौरीजस्तो एकजुटताका साथ अघि बढ्ने हो ।’

 

मौरीको मह अरुले खोसेर खाइदिने गरे पनि नेकपाको कार्यकर्ताहरुले भने आर्जन गरेको मह बाँडेर खानुपर्ने प्रधानमन्त्री ओलीले बताए । भने, ‘बाँड्न सकिने गरी देशमा मह जम्मा गर्ने काममा हामी लाग्नुपर्छ । सहज ढंगले देश बनाऔं । सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार छ ।’

 

प्रधानमन्त्री ओलीले ३० भदौ २०७५ मा तत्कालीन माओवादीका नेता स्व.पोस्टबहादुर बोगटीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा अाेलीकाे  भनेकाे  ‘अरिंगाल’ शब्द चर्चित बनेका थिए ।

 

उनले कार्यक्रममा भनेका थिए, ‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ । तर हामीसँग अरिंगालको गोलो जति पनि बुद्धि छ कि छैन । त्यो हामीले हेर्नुपर्छ । एउटा अरिंगाल मार्‍यो भने त्यसलाई मार्‍यो ठीकै छ नि ! अर्कोलाई हमला गयो ठीकै छ भन्ने गर्छौं कि एकजुट भएर लाग्छौं ?’

 

पिपिरी बजाएर केही हुनेवाला छैन
सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसका लागि सुदृढ सङ्गठन तथा जनताको विश्वास र भरोसा रहेको बताए । भने, ‘यो विश्वासमा धरमर ल्याउन पिपिरी बजाउनेहरू छन् । यसले केही हुनेवाला छैन । हाम्रा कामले जनताका विश्वासमा तलमाथि हुन दिइने छैन । अग्रजहरूका महान् उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’

 

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि आफूलाई समाजवाद र समृद्धिका लागि सतिसालजस्तै प्रस्तुत गर्नु नेत्री साहनाको साहसी कदम भएको बताए । उनले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको जनाए ।

 

नेकपाका नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गर्नुभएको बताए ।

नेकपाका नेता वामदेव गौतमले नेपालमा कम्युनिष्ट विचारलाई सङ्गठितरूपमा फैलाउन पुष्पलाल हुँदै साहना प्रधानको भूमिका ऐतिहासिक रहेको बताए । विसं २०४६ को

 

जनआन्न्दोलनमा नेत्री प्रधानले वाममोर्चाको अध्यक्षका हैसियतले काम गर्नुभएको थियो । प्रधानको स्मृतिमा युवा नेत्री रामकुमारी झाँक्रीको नेतृत्वमा स्मृति प्रतिष्ठान गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...