न्यायको खोजीमा अन्तराष्ट्रिय अदालत जाने गंगामायाको चेतावनी



हाम्रो इकोनोमि

 

 

वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएकी छिन् ।

 

 

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएकी हुन् ।

 

 

छोराको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै ३ वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका  पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मूलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशले आफूलाई न्याय नदिए पनि अन्तराष्ट्रिय अदालतले न्याय दिने विश्वास पनि व्यक्त गरिन् ।

 

द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कार्वाही गर्न यसबीच ११ वटा सरकारसँग आग्रह गरेपनि आफूहरुलाई न्याय नदिएको गंगामायाले स्मरण गराइन् ।

 

 

गंगामाया अधिकारीले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको दाबी गर्दै ठूला अपराधिलाई अन्तराष्ट्रिय अदालतले समात्ने विश्वास पनि व्यक्त गरिन् ।
आमरण अनसनका कारण शिथिल बनेकी गंगामायाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई किन पक्राउ गर्न नसकेको भनि सरकारलाई प्रश्न पनि गरिन् ।

 

 

छोरा  कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका छविराज पौडेललाई अदालतले रिहा गर्ने आदेश दिएपछि गंगामायाले नेपालबाट आफूले न्याय पाउने आशा मरेको बताइन् ।

 

सरकार र अदालतले न्याय नदिएकै कारण पति नन्दप्रसादले समेत ज्यान गुमाउनु परेको पनि उनले स्मरण गरिन् ।  छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन बस्नु भएका गंगामायाका पति नन्दप्रसादको पनि ३ वर्ष अघि वीर अस्पतालमै ज्यान गएको थियो ।

 

सरकारले लोकतान्त्रिक चरित्र छाड्न हुँदैन–प्रवक्ता शर्मा

 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,“संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेनन् भने त्यो सफल हुदैन, यो कुरा अहिलेको सरकारले बुझनुपर्छ ।”

 

 

मुलुकको शान्ति, सुरक्षामा सरकार चुकेको छ, भन्दै प्रवक्ता शर्माले प्रदेश सरकारको नाम र राजधानी नतोकिनु, वित्त आयोग नबनाएर जथाभावी कर लगाउँदै जानु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गर्नुभयो ।

 

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले, “आप्mनो दलले सालिन प्रतिपक्षीको भूमिका निभाउँदै आएको छ, बन्द, नाराबाजी, जिन्दावाद, मुर्दावाद गरेरै प्रतिपक्षीको भूमिका निर्वाह गरेको ठहरिने मान्यता राखिनु हुदैन,” भन्नुभयो ।

 

प्रवक्ता शर्माको थप भनाइ थियो,“काँग्रेस अहिले आप्mनो साङ्गठनिक संरचना विस्तारमा सक्रिय रहेको छ । मुलुकभरिकै कार्यकर्ताको सुझावका आधारमा पार्टीको वैधानिक ढाँचा चाँडै निर्माण हुन्छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...