जथाभावी फोहर फाल्नेलाई पाता कस्ने यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ ।

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

 

स्थानीय सरकारले करको दायरा घटाउनुपर्ने बताउँदै उहाँले नेपाललाई सफा र सुन्दर बनाउने कार्यमा अवरोध पु¥याउँदै प्रदूषण तथा फोहर गर्नेलाई जतिसक्दो बढी कर लगाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल सुन्दर, स्वस्थ र हराभरा बनाउनुपर्छ, भन्ने सन्देश विश्वमा फैलाउनुपर्ने औल्याउँदै उहाँले हरेक दृष्टिकोणबाट नेपाल बस्नका लागि उपयुक्त छ, भन्ने सन्देश प्रवाह गर्न व्यवहार मै देशलाई स्वच्छ बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले देशमा सरकारलाई फुटाउने र फेरि अस्थिरता ल्याउन विदेशी तत्व सक्रिय भएको उल्लेख गर्नुभयो ।

 

उहाँले पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ, डाक्टरले जथाभावी उपचार गर्न पाउनुपर्छ, चालकले जथाभावी मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने गरेका छन् भन्दै उहाँले सरकारलाई कमजोर बनाउने खेल भइरहेको टिप्पणी गर्नुभयो ।

 

कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, कलाकार शिव श्रेष्ठ, चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत लगायतले नदी सफाइ अभियानमा सबै जुट्नुपर्ने आंैल्याउनुभयो ।

 

विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानको ३० आँै हप्तामा आज दुई टन फोहर सङ्कलन भएको र हालसम्म ३०९ टन फोहर सङ्कलन गरिएको अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो ।

 

महिला हिंसाको विरोधमा आन्दोलन गर्ने

 

नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ ।

सङ्घले आज पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते (भोलि) देशभर विरोध गर्न लागेको जानकारी दिएको हो ।

 

सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले भोलि देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिदै
काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनबुझाउन लागेको बताउनुभयो ।

अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म महिला सङ्घले निरन्तर आन्दोलन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...