नेकपाका प्रदेश सचिवले पद अस्वीकार गर्दै भने-‘म याे जिम्मेवारीमा बस्दिन’, बालुवाटारमा खैलाबैला!



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माया प्रसाद शर्माले कर्णाली प्रदेश कमिटी सचिव पदमा नबस्ने भन्दै ठाँडाे अस्वीकार गरेका छन् ।

 

शुक्रबार नेकपाको सचिवालय बैठकले एकता भएकाे लामाे समयकाे अन्तरालपछि सातै प्रदेशकाे इन्चार्ज, सह इन्चार्ज, प्रदेश अध्यक्ष र सचिवको जिम्मेवारीको टुंगो लगाएको थियो।

 

 

तर शर्माले आफूलाई अपमान हुने गरी पदीय जिम्मेवारी तोकिएको भन्दै उक्त पदमा नबस्ने भन्दै ठाँडै अस्वीकार गरेका हुन् ।

 

दुई पार्टी एकीकरणपछि पहिलो पटक सबै प्रदेशमा पदीय जिम्मेवारी तोकिएको हो। शर्मा तत्कालीन एकीकृत माओवादीका कर्णाली प्रदेश अध्यक्ष हुन्। पार्टी एकीकरणपछि उनी नेकपाका केन्द्रीय सदस्य छन्।

 

 

२०६४ सालमा तत्कालीन माओवादीको तर्फबाट समानुपातिक सांसद समेत बनेका शर्मा गत निर्वाचनमा कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदार थिए। तर टिकट नपाएपछि उनले पार्टीमा असन्तुष्टि जनाउदै आएका थिए।

 

 

नेतृत्व तहले पटक पटक आश्वासन दिने तर जिम्मेवारी नदिने, अध्यक्ष भएको व्यक्तिलाई अपमानित हुने गरी सचिवमा राखेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। ‘मलाई तोकिएको जिम्मेवारीमा म बस्दिन,’ उनले भने।

 

कर्णाली प्रदेश अध्यक्षमा हुम्लाका पूर्व एमालेका नेता गोरख बोगटीले जिम्मेवारी पाएका छन्। राजनीतिमा बोगटी भन्दा शर्मा सिनियर हुन्। बोगटी पनि पूर्वसांसद तथा तत्कालीन एमालेका केन्द्रीय सदस्य हुन्।

 

 

कर्णालीको इन्चार्जमा तत्कालीन माओवादी नेता जनार्दन शर्मा र सह इन्चार्जमा तत्कालीन एमाले नेता यमलाल कँडेललाई तोकिएको छ। इन्चार्ज तत्कालीन माओवादीको भागमा परेपछि अध्यक्ष तत्कालीन एमालेको भागमा परेको हो।

 

पार्टी फुटपछि नेकपाको वैद्य समूहमा रहेका शर्मा रामबहादुर थापा सँग एकीकृत माओवादीमा फर्किएका नेता हुन्। उनी तत्कालीन माओवादीका स्थायी समिति सदस्य थिए।

 

अमेरिकाबाट बाबुराम भट्टराईको हुँकार

 

बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको हत्याको छानविनमा रहेको सरकारी उदासिनताका कारण पछिल्लो समय बलात्कारका घटना बढिरहेका छन् । सरकारको लाचारीपनले कन्चनपुरमै समेत पछिल्लो समय बलात्कारका घटना व्यापक बढिरहेका छन् ।

 

गत बिहीबार मात्रै कन्चनपुरमा १० वर्षीय बालकद्धारा ६ वर्षकी बालिका बलात्कृत भएकी थिइन् । यौनजन्य अश्लील सामग्री (पोर्न साईट)हरुमा रहेको बालबालिकाहरुको सहज पहुँचका कारण १० वर्षीय बालकद्धारा ६ वर्षीय बालिका बलात्कृत भएकी सरकारको निष्कर्ष रहेको छ ।

 

सरकारले ‘पोर्न साइट’हरुको पहुँचका कारण मुलुकमा बलात्कारका घटना बढ्दै गएकाले ‘पोर्न साइट’मा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले सबै ‘पोर्न साइट’हरु बन्द गर्न निर्देशन दिएका थिए ।

 

पोर्न साइट’ माथि प्रतिबन्ध लगाउने सरकारी निर्णयमा समर्थन् जनाउँदै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकाबाट टिप्पणी गरेका छन् । विदेश भ्रमणका क्रममा अमेरिका पुगेका भट्टराईले ट्वीट गर्दै पोर्न साइटमाथि प्रतिबन्ध लगाउने निर्णयको स्वागत गरेका हुन् ।

 

‘समाजमा व्याप्त विकृति र यौनजन्य हिंसा रोक्न पोर्न साइटमाथि प्रतिबन्ध लगाउनु राम्रो र आवश्यक कदम हो । सरकारले दरो खुट्टा टेकोस्’ उनले गरेको ट्वीटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...