मेची–महाकाली विद्युतीय रेलमार्ग सर्भेक्षणको काम अन्तिम चरणमा



हाम्रो इकोनोमि

 

 

मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्र्तगत घरधुरी सर्भेक्षणको काम अन्तिम चरणमा पुगेको छ ।

 

चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड–गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको क्षेत्रमा ७० प्रतिशत घरधुरी सर्भेक्षणको काम पूरा भएको छ ।

 

रेलमार्गमा पर्ने ५०० घरधुरी प्रभावित हुने देखिएका छन् । सामुदायिक विद्यालयका दुई शौचालय र इलाका हुलाक कार्यालय अत्तरियाको भवन रेलमार्गमा पर्ने देखिएको मेची–महाकाली विद्युतीय रेलमार्ग परियोजनाका सामाजिक विज्ञ सुभाषचन्द घिमिरेले बताउनुभयो ।

 

विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुख्खड र सुख्खड–गड्डाचौकी गरी चार भागमा विभाजन गरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।

 

परियोजनाअन्तर्गत रेल्वेको ट्र्याक राख्ने ठाउँ यकिन गर्ने, जग्गाको लेखाजोखा राख्ने, आवासीय क्षेत्रको घरधुरी सर्भेक्षणको काम, रुख, सञ्चार र स्टेशन राख्ने ठाउँको सर्भेको काम सेप्टेम्बर महिनासम्म पूरा गर्ने लक्ष्य लिइएको छ । ओभरहेड ब्रिज, क्रसिङ सडक, नदी खोलालगायत क्षेत्रको माटो परीक्षणको काम पूरा भएको छ ।

 

वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)सँगै विस्तृत इञ्जिनीयरिङ, सर्भे तथा डिजाइनको काम अगाडि बढाइएको छ । वातावरण संरक्षण नियमावली २०५४ को परिच्छेद २ दफा ४ बमोजिम वातावरण मूल्याङ्कन तयार गरी जनसङ्ख्या तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने प्रावधान रहेको छ ।

 

वातावरणीय प्रभाव मूल्याङ्कनअन्तर्गत सामाजिक तथा आर्थिक क्षेत्र, भौतिक तथा सांस्कृतिक क्षेत्र, रसाइन क्षेत्र र जैविक क्षेत्रबारे मूल्याङ्कन गरिन्छ ।

 

रेलमार्ग विस्तार हुने कैलालीका चौमाला, मसुरिया, उदासीपुर, पहलमानपुर, दरख, राशिखरझाला, साडेपानी र कञ्चनपुरको महेन्द्रनगर, सुडा, दैजी, पिपलाडी, झलारी, देखतभूली र कृष्णपुर क्षेत्रको ९४ किलोमिटर क्षेत्रमा डिपिआरको काम र इआइएको कार्य अन्तिम चरणमा पुगेको छ ।

 

विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि चाइनिज, कोरियन कम्पनी र नेपाली सिल्ड कम्पनीलाई जिम्मा दिइएको छ । २२० किलोमिटर प्रतिघण्टाका दरले कुद्ने क्षमताको रेलमार्ग निर्माण गरिने बताइएको छ । पूर्व–पश्चिम रेलमार्गको कुल लम्बाइ झण्डै ९५० किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...