उपत्यकामा शनिबार १७ लाख लिटर पेट्रोल‍ र डिजेल बाँडिँदै



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगमले शनिबार काठमाडौं उपत्यकामा झण्डै १७ लाख बढी लिटर पेट्रोल तथा डिजेल वितरण गर्दैछ । निगमले थानकोट डिपोबाट आजका लागि ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको जनाएको छ ।

 

 

यातायात व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थ आयातमा असहजता उत्पन्न भएसँगै काठमाडौं उपत्यकामा पेट्रोल तथा डिजेलको अभाव भएको थियो ।

 

बिहीबार र शुक्रबार उपत्यकाका अधिकांश पेट्रोल पम्पहरु बन्द थिए भने खुलेकामा पनि उपभोक्ताहश्रको लाइन लागेको थियो ।

 

बजारमा अभाव नहोस् भन्दै शनिबार पेट्रोल र डिजेलको उल्लिखित परिमाण वितरण गरेको निगमले जनाएको छ । थानकोट डिपोले शुक्रबार मात्र ५ लाख ८ हजार लिटर पेट्रोल र ५ लाख ३६ हजार लिटर डिजल वितरण गरेको थियो ।

 

 

उक्त परिमाणको इन्धन काठमाडौं उपत्यकामा वितरण गरिएपछि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता अन्त्य हुने विश्वास निगमको छ । चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले बिदाको दिनमा समेत वितरण गरेको हो ।

यसकारण सहाना प्रधानलाई राष्ट्रपति बनाउने योजना असफल भयो : प्रचण्ड

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहाना प्रधानलाई राष्ट्रपति बनाउने योजना असफल भएको बताएका छन् । शनिबार सहाना प्रधानको चौंथो स्मृतिसभामा बोल्दै अध्यक्ष प्रचण्डले सो कुराको खुलासा गरेका हुन् ।

 

 

आफू दोस्रो संविधानसभाको निर्वाचनपश्चात सहाना प्रधानलाई राष्ट्रपति बनाउने पक्षमा उभिएको भएपनि केही परिघटनाका कारण योजना असफल भएको अध्यक्ष प्रचण्डको भनाई थियो । ‘साहाना प्रधान राष्ट्रपतिको उपयुक्त उम्मेद्वार हुनुहुन्थ्यो’, उनले भने ‘तर हामीहरु चक्नुप¥यो ।’

 

एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता ठूलो परिघटना भएको बताएका छन् ।

 

उनले त्यसलाई सहज रुपमा अगाडि लान नसके ठूलो जोखिम पनि हुने बताए । उनले नेकपाले राम्रो काम गर्न नसके सबै एउटै डुंगामा डुब्ने खतरा रहेको भन्दै जोखिममा पर्ने काम भए मान्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...