ठगी गरेको आरोपमा दिगम्बर शाह पक्राउ



हाम्रो इकोनोमि

 

शैक्षिक सामग्री वितरण केन्द्रका नाममा तालीमको आयोजना गर्ने केन्द्रका दिगम्बर शाहलाई प्रहरीले पक्राउ गरेको हो । शाहलाई हिजो पक्राउ गरिएको र आज जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा थप अनुसन्धान गरेपछि घटनाको यथार्थ जानकारी आउने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

स्थानीय बासिन्दाको कडा दबाबपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । ठगी गरेको आरोप लागेका व्यक्तिलाई स्थानीयवासीले बारम्बार पक्राउ गर्न आग्रह गरे पनि प्रहरीले भगाउन खोजेको थाहा पाएपछि आन्दोलन गर्नुपरेको स्थानीयवासी रवीन्द्र देवकोटाले बताउनुभयो ।

 

स्थानीयवासीको विरोध र सडकमा काठका मुढा, ढुङ्गा राखेर सडक नै अवरोध पारेपछि प्रहरीले शाहलाई पक्राउ गरेको छ । सिन्धुलीको दूधौली नगरपालिका–२ हत्पते भलुवाहीमा रोजगारीका लागि नेतृत्व विकास तालीम दिने भन्दै सिन्धुलीसहित अन्य जिल्लाका युवायुवतीलाई फसाएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।

 

शैक्षिक सामग्री वितरण केन्द्रले कर्मचारी आह्वान गरेर हत्पतेको रतनपुर जङ्गलमा तालीमको बाहना गर्दै सिन्धुली, उदयपुर, डडेल्धुरा, बझाङलगायत जिल्लाका २५ जना युवायुवतीलाई बेचबिखन गर्न लागिएको समेत स्थानीयवासीले आरोप लगाएका छन् ।

 

हाल शाहलाई इलाका प्रहरी कार्यलय डकाहामा राखिएको छ । शाहको साथबाट शैक्षिक सामग्री केन्द्रको वैधानिकता खोजी गर्दा दिनेश कार्कीको नाममा रहेको पुस्तक पसल भएको खुल्नआएको दूधौली नगरपालिका–२ नं वडाध्यक्ष रितेश राउते बताउनुभयो ।

 

स्थानीयवासीले आरोपितसँग प्रहरीचौकी हत्पतेका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नवलकिशोर यादवको समेत संलग्ना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् ।

 

सुदूरपश्चिम तालीम केन्द्रका नाममा तालीम सञ्चालन गरिएको, फारम भरिसकेपछि उसले देउराली स्कुलमा लगेर छनोट गरेको र त्यसपछि बर्दिवासमा रहेको नवक्षितिज क्याम्पसमा लगेर सिटिजन लाइफ इन्स्योरेन्सको बारेमा जानकारी गराएको थियो ।

 

यसअघि पनि दूधौली नगरपालिकाको विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई ठगी गरी सातजना युवती बेचबिखनका लागि भारततर्फ लैजान लागेको भन्दै प्रहरीले दुई वर्षअघि पनि एक जनालाई पक्राउ गरेको थियो ।

 

उपत्यकाबाट ३५ मेट्रिकटन फोहर व्यवस्थापन

 

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २८०औँ हप्तामा कोटेश्वर महादेवस्थान पुल क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २५ संस्थाका ५१० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको थियो ।

 

सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा प्रदेशसभा सदस्य गणेश दुलाल, म्यानमारका लागि पूर्व नेपाली राजदूत भिक्ट्रीशम्शेर राणा, सशस्त्र प्रहरी महिला परिवारकी अध्यक्ष सरिता खनाल कँडेल, महानगरपालिकाको वडा नं ३१ का सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो ।

 

वाग्मतीको मुहान सुन्दरीजलदेखि नै सफाइ गर्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले २४१औँ हप्ताको सफाइ कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेशवरी महादेव मन्दिर परिसरमा गरियो । नगरपालिकाको वडा नं १ का अध्यक्ष मुकुन्द गजुरेलको संयोजनमा भएको सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँललगायत जनप्रतिनिधिको सहभागिता थियो ।

 

सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरियो । कुहिने फोहर त्यहीँ गाडियो । नकुहिने फोहर खाडल खनेर गाडिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । सफाइमा मुहानदेखिकै नदी सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, माकलबारी टोल सुधार समितिलगायत संस्थाको पनि सक्रियता थियो ।

 

रुद्रमती सफाइको २३५औँ हप्तामा रातोपुलबाट भण्डारखाल क्षेत्रसम्म सफाइ गरियो । सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिनुभयो ।

 

अर्को हप्तादेखि शुक्रबार बेलुकी जनचेतनामूलक अभियानसहित फोहर नगर्न सफाइमा उपस्थित हुन आह्वान गर्दै दुई घण्टे कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । विष्णुमती सफाइको २०७औँ हप्तामा आज नदी मुहान क्षेत्रस्थित बूढानीलकण्ठ नगरपालिका वडा नं ५ स्थित विष्णुमती पुलमा सफाइ गरियो ।

 

 

सफाइमा तीन सुरक्षा निकाय, वडा नं ५ का अध्यक्ष विजय लामासहित ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । विष्णुमतीको घाट एवं सत्तलमा गरिएको सफाइबाट दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बिजेन्द्र लामाले जानकारी दिनुभयो ।

 

आजको सफाइमा स्थानीय चिसेनी युथ क्लबका युवाको उल्लेखनीय सहभागिता थियो । विष्णुमतीको मुहान क्षेत्रमा धेरै फोहर भेटिएकाले अर्को शनिबार २०८औँ हप्ताको विष्णुमती सफाइ पनि यहीँ गरिनेछ । वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको ९०औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।

 

यसैगरी मनोहरा सफाइको ८०औँ हप्तामा नरेफाँटस्थित मनोहरा र हनुमन्तेको दोभानमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नदी सफाइले उपत्यकाको वातावरण स्वच्छ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मीको सहभागिता थियो । हनुमन्ते सफाइ अभियानले पनि आज मनोहरा अभियानसँगै सफाइ गरेको जनाइएको छ ।

 

चक्रपथ सफाइको ७६औँ हप्तामा गोंगबुबाट सामाखुसी चोकसम्म सफाइ गरियो । ४५० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट १२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई बताउनुभयो ।

 

आलोकनगर सफाइको ७६औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । आलोकनगर क्षेत्र सफाइ गरी महिला समूह कोटेश्वरको वाग्मती सफाइ महाअभियानमा सहभागी भएको संयोजक प्रमिला पौडेलले बताउनुभयो ।

 

चक्रपथ वाफल खण्ड सफाइको ५८औँ हप्तामा स्यूचाटार पुलबाट सोल्टी दोबाटोसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिकाका वडा सदस्यको पनि सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

 

विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षकै रुपमा घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...